काठमाण्डौ – आज काठमाण्डौको न्यूनतम तापक्रम यसवर्षको हिउँद याम शुरू भएयताकै कम भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाण्डौको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सीयस मापन गरिएको छ ।
हिजो काठमाण्डौको तापक्रम ३।३ डिग्री सेल्सीयस थियो । आज सवैभन्दा कम तापक्रम जुम्लामा मापन भएको छ । जुम्लाको न्यूनतम तापक्रम माईनस ६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । डडेलधुरा, दीपायल, सुर्खेतलगायतका ठाउँमा पनि तापक्रम काठमाण्डौभन्दा कम रहेको छ । जोमसोम, जिरी लगायतका हिमाली भेगको तापक्रम माइनसमा झरेको छ ।
अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई र पहाडी भेगका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ भने दिउँसो पनि तराईका धेरै ठाउँमा अवेरसम्म हुस्सु र कुहिरो रहेने महाशाखाको भनाइ छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।
तराई भूभागमा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । तापक्रम घटेसँगै देशभर चिसो बढेको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्