१ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

१ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनाव सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

काठमाण्डौ उपत्यकासहित देशभर निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । आउँदो फागुन २१ गते हुने चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन यही माघ ६ गते हुँदैछ ।

त्यसअघि नै १ सय ६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको आयोगले जनाएको छ । सम्बन्धित निर्वाचन क्षेत्रका लागि निर्वाचन कार्यालय खोलेर कर्मचारी व्यवस्थापन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आयोगले हरेक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत तथा ८८ जना निर्वाचन अधिकृत तोकिसकेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई एउटा–एउटा निर्वाचन क्षेत्रको जिम्मेवारी रहनेछ ।

प्रकाशित मिति : शुक्रबार, माघ २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij