काठमाण्डौ – निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको हो ।
सभापति चयन भएसँगै गगन थापा नेतृत्वको टोली आधिकारिकता दाबी गर्दै हिजो निर्वाचन आयोग पुगेको थियो । यस्तै आज शेरबहादुर देउवा पक्ष आफूहरू आधिकारिक दाबी गर्दै आयोग पुगेको थियो । आयोगले दुवै पक्षको कागजात अध्ययन गरेर गगन थापा नेतृत्वको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
गगन पक्षले आधिकारिकता पाएपछि देउवा समूहले विरोध गर्दै नाराबाजी गरिरहेका छन् ।
नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो । योसँगै अब चुनाव चिह्न रुख र चारतारे झण्डा पनि गगन पक्षकै हुने भएको छ ।
कांग्रेसको विशेष महाधिवेशन गएको पुस २७ देखि ३० गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, माघ २ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्