बुटवल -इडन इङ्लिस बोर्डिङ स्कुलले तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशनसँगै विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलापहरूलाई पनि अगाडि बढाउँदै सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको विद्यालयका प्रधानाध्यापक शिवहरी भट्टराईले जानकारी दिनुभयो।
कार्यक्रममा राष्ट्रिय कलाकारको साथसाथमा विद्यार्थीहरूले पनि सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्ने छन् । विद्यालयले आयोजना गरेको सांस्कृतिक कार्यक्रमलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति समेत रहनेछ। कार्यक्रममा गायक हेमन्त शर्मा ,कुलेन्द्र विश्वकर्मा , गायिका सम्झना लामिछाने मगर रबि रिमाल तथा डान्सर साजन गुरुङले आफ्नो प्रस्तुति दिने कार्यक्रम तय भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कुशल बस्यालले बताउनुभयो।
कार्यक्रम मङ्गलबार दिउँसो १ बजेदेखि विद्यालय परिसरमा सुरु हुनेछ। कार्यक्रममा विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गर्नेछन्। विद्यालयका अनुसार विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने लक्ष्यका साथमा कार्यक्रमको आयोजना गरिएको हो।
यसैबीच, प्लस टु तहमा होटल म्यानेजमेन्ट विषय अध्ययनरत विद्यार्थीहरूले ‘खाना महोत्सव’ पनि आयोजना गर्नेछन्। महोत्सवमा विभिन्न परिकार तयार गरी प्रदर्शनी तथा स्वाद चखाउने व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ । विद्यालयले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा निःशुल्क प्रवेश गर्न सकिनेछ।
प्रकाशित मिति : सोमबार, माघ ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्