बुटवल । बुटवलमा सञ्चालन गर्न तयारी गरिएको कृषि मेला निर्वाचन आचारसंहिताका कारण रोकिएको छ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा यहि माघ १४ देखि १८ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको कृषि मेला आसन्न प्रतिनीधि सभा निर्वाचनको आचारसंहिताका कारण निर्वाचन सम्पन्न नभएसम्मका लागि रोकिएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए।
संघका अनुसार, मेला २०८२ माघ १४ देखि १८ गते बुटवलमा सञ्चालन हुने तय गरिएको थियो । संघले सूचना जारी गरि प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू भएको हुँदा यसलाई स्थगित गर्नु परेको उल्लेख गरेको छ
संघले निर्वाचन पश्चात उपयुक्त समयमा मेला सञ्चालन गरिने पनि जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, माघ ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्