बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसले लुम्बिनी प्रदेशमा बहुमत ल्याउने दाबी गरेको छ । काँग्रेसको निर्बाचन परिचालन समितिले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीहरु बीच बहुमत सिटमा विजयी हासिल गर्ने दाबी गरेको हो ।
निर्वाचन परिचालन समिति लुम्बिनी प्रदेश संयोजक राजु खनालले “बदलियो काँग्रेस, बदल्छौँ देश” भन्ने संकल्पकासाथ मतदाताहरुबीच पुगेर काँग्रेसले बहुमत हासिल गर्ने दाबी गरे । प्रतिनिधिसभा निर्वाचनका लागि २६ वटा क्षेत्र रहेको लुम्बिनीमा काँग्रेसले यसअघि ५ स्थानमा विजयी हासिल गरेको थियो । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता दिन आगामी निर्वाचन निर्णायक हुने औंल्याउँदै उनले एकतावद्ध निर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे । खनालले जनताको अपेक्षा पूरा गर्न काँग्रेस पुनः जिम्मेवारीसाथ अघि बढ्ने दाबी गरे ।
उहाँले नेपाली काँग्रेसले ऐतिहासिक रूपमा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको उल्लेख गर्दै संविधान, संघीयता, गणतन्त्र र समावेशी व्यवस्थाको संरक्षण काँग्रेसकै प्राथमिकता रहेको बताए । देशभित्र र बाहिर रहेका सम्पूर्ण लोकतन्त्रप्रेमी नागरिक, नागरिक समाज, युवा, बुद्धिजीवी तथा पार्टीका सम्पूर्ण पंक्तिलाई आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन एकताबद्ध भएर लाग्न उनले आह्वान गरे ।
केही वर्षयता देखिएका राजनीतिक अस्थिरता, आर्थिक चुनौती र सुशासनप्रतिको जनअसन्तुष्टिको समाधान काँग्रेसको नेतृत्वबाट मात्रै सम्भव हुने उनको दाबी छ । पार्टीको संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण र तल्लो तहसम्म अभियान सञ्चालनलाई तीव्र बनाइएको बताउँदै उनले बदलिँदो राजनीतिक परिस्थितिमा काँग्रेसको भूमिका अझ जिम्मेवार र संवेदनशील हुनुपर्ने उल्लेख गरे । अनुशासित, मर्यादित र जनमुखी निर्वाचन अभियान सञ्चालन गर्न पार्टी पंक्तिलाई निर्देश समेत दिए
प्रकाशित मिति : बुधबार, माघ २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्