काठमाण्डौ – पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली भूभागमा बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो तराईका केही ठाउँमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । पहाडी र हिमाली क्षेत्रको मौसम भने सामान्यतया सफा रहने अनुमान छ ।
आज राति पनि तराईका केही भागमा कुहिरो लाग्ने सम्भावना रहेको छ । हिमपात र हुस्सुका कारण दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विशेषगरी बिहान र राति तराईमा यात्रा गर्दा गति कम गरेर गाडी चलाउन र आवश्यक सुरक्षा उपाय अपनाउन महाशाखाको सुझाव छ ।
प्रकाशित मिति : बिहिबार, माघ २२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्