काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन चिकित्सक र इञ्जिनियरहरुको आह्वान

काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन चिकित्सक र इञ्जिनियरहरुको आह्वान

 

रुपन्देहीका डाक्टर र इञ्जिनियरहरुले नेपाली काँग्रेसका उम्मेद्वार चुन्नप्रसाद पौडेललाई मत दिन आम मतदातालाई आह्वान गरेका छन् । नेपाल डेमोक्रेटिक डक्टर्स एशोसियसन लुम्बिनी र डेमोक्रेटिक इञ्जिनियर्स नेपाल रुपन्देहीले बुटवलमा औपचारिक कार्यक्रमको आयोजना गरि रुपन्देही क्षेत्र नं. २ का काँग्रेस उम्मेद्वारलाई मत दिनका लागि डाक्टर, इञ्जिनियर सहित आम मतदातालाई आह्वान गरेका हुन् ।
कार्यक्रममा बोल्दै रुपन्देही २ का उम्मेद्वार पौडेलले डाक्टर तथा इञ्जिनियरहरुको पेशागत समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको भनाई राख्नुभयो । उहाँले बुटवललाई आईटी हवको रुपमा विकास गर्ने आफ्नो योजना सुनाउँदै लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा आम्दा अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले मोतिपूर औद्योगिक क्षेत्रलाई टुंगोमा पु¥याएर त्यस क्षेत्रलाई औद्योगिक हवको रुपमा विकास गर्ने तथा तिलोत्तमा र सैनामैना नगरपालिकालाई नयाँ आधुनिक शहरको बिकास गर्ने तथा अन्य ग्रामिण क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने र कृषि उत्पादनलाई बजारको ग्यारेन्टी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा डेमोक्रेटिक डक्टर्स एशोसियसन लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेल, डा, कृष्ण खनाल, डेमोक्रेटिक इञ्जिनियर्स नेपाल रुपन्देहीका अध्यक्ष अमित खनाल तथा वरिष्ठ इञ्जिनियर कुशुमराज ज्ञवालीले त्यस क्षेत्रमा भएका समस्या तथा समाधानका उपायहरु सुझाउँदै त्यो पुरा गर्नका लागि नेपाली काँग्रेसले समेत केन्द्रीय तहमा प्रतिवद्धता सहित प्रतिज्ञा पत्र ल्याएको र स्वास्थ्य लगायतका उद्योग व्यवसायमा लगानी गरेका उद्योगी व्यवसायीलाई जिताउँदा त्यसबाट आम नागरिकले अपनत्व समेत लिन सक्ने भएकाले चुन्न पौडेललाई जिताउन डाक्टर इञ्जिनियर सहित आम मतदातालाई आह्वान गर्नुभएको थियो ।
त्यस अवसरमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन मुल समितिका संयोजक प्रजापाल गिरीले नेपाली काँग्रेसले आम नागरिकलाई आशा र भरोसा दिलाएको बताउँदै पार्टीले देखाएको आशा र भरोसालाई विश्वासमा परिणत गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij