देश आर्थिक मन्दीको अवस्थामा: लेखा सभापति शाह

देश आर्थिक मन्दीको अवस्थामा: लेखा सभापति शाह

बुटवल ।
प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले मुलुकमा बढिरहेको आर्थिक बिसंगती रोक्न आफुहरु लागिपरेको प्रतिनिधिसभा सार्बजनिक भनाइ राख्नुभएको छ
रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै उहाले देश आर्थिक मन्दीको अवस्था रहेको बताउनुभयो ।यहि अवस्था रहिरहे नेपालको आर्थिक अबस्था एक दिन नरहने अबस्था आउन सक्ने बताउनुभयोे,।उहाले१० बर्षपहिलेदेखिको गोलमाल भएको हिसाब मिलान,कारबाहि,असुल उपर,बेरुजु फस्र्यौट,माफि लगायतका प्रकृयामा समिति क्रियाशिल भएर काम गरिरहेको उनले दाबि गर्नुभयो ।राज्यको ढुकुटी सरकारले जथाभाबि पैसाबाढेर रित्तायो,मनपरि खर्च बढेको छ,सरकारले ट्याक्स बढाउने काम बाहेक अरु केहिपनि नगरे दाबी गर्नुभयो
सरकारले गरेका एकएक कामको लेखाजोखा भैरहेको भन्दै उहाले कुनैपनि पदमा रहेकालाई आर्थिक हिसाब हिनामिना गर्ने अधिकार नहुने बताउनुभयो ।
सभापति शाहले अन्त शुल्कको स्टीकर छपाइको टेण्डर नेपाली कम्पनीले पाउनुपर्ने बताउनुभयो अर्थ मन्त्रालयले मनोमानी गरेर ४ अर्ब बराबरको टेण्डर बिदेशी कम्पनीलाइ दिएको भन्दै नेपाली कम्पनीलाइ नै टेण्डर दिन निर्देशन समेत दिएको समेत बताउनुभयो । ‘मन्त्रालयले मनोमानी गरेपछि हामीले निर्देशन दिएका छौं,आर्थिक चलखेलका लागि बिदेशी कम्पनीलाइ किन टेण्डर दिने,नेपालीले किन नपाउनेउहाले प्रश्न गर्नुभयो
समतिले सिमेन्ट कम्पनीहरुमाथि पनि छानबिन गरिरहेको जानकारी दिदै उनले ओपिसि सिमेन्टको गुणस्तरमा पनि समितिको ध्यान गएको बताउनुभयो ।
वाइडबढी,एनसेल लगायतमा अख्तियारले कारबाही गर्न नसकेको भन्दै अख्तियार पनि सरकारकै आदेश अनुसार चल्ने गरेको बताउनुभयो ।
सरकारले आर्थिक पारदर्शिता अपनाउन नसकेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाको आलोचना समेत उहाले गर्नुभयो।
कांग्रेस नेता समेत रहेका शाहले सरकारले सीमा बिबादमा एक बिज्ञप्तीबाहेक अन्य ठोस पहल केहि नगरेकोमा आपत्ती जनाउनुभयो ।
उहाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोडफोडको राजनीति नगर्ने भन्दै सरकारले गल्ती कमजोरी सच्चाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाले प्रदेश ५ को राजधानी कांग्रेसले नै रुपन्दही तोकेको भन्दै अब अन्यत्र सार्न नहुने बताउनुभयो ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केहिदिन पहिले दिएको बुटवल —भैरहवामा आर्थिक अपराध बढ्यो भन्ने अभिब्यक्तिमाथि उहाले टीप्पणी गर्नुभयो ।
साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij