इरानका सर्वोच्च नेता खामेनी इजरायल अमेरिकी आक्रमणमा मारिएको पुष्टि

इरानका सर्वोच्च नेता खामेनी इजरायल अमेरिकी आक्रमणमा मारिएको पुष्टि

तेहरान , इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायल र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य आक्रमणमा मारिएको पुष्टि भएको छ । इरानी सरकारी सञ्चार माध्यमहरूले उनको मृत्यु आधिकारिक रूपमा पुष्टि गरेका छन् ।

इरानको सरकारी टेलिभिजनका अनुसार राजधानी तेहरानसहित विभिन्न सैन्य तथा रणनीतिक संरचनामा भएको व्यापक आक्रमणका क्रममा खामेनी मारिएका हुन् । उक्त आक्रमण इजरायल र अमेरिकाको संयुक्त सैन्य कारबाहीको भाग रहेको जनाइएको छ ।

खामेनीको मृत्युको पुष्टि भएसँगै इरान सरकारले देशभर सात दिन सार्वजनिक बिदा तथा ४० दिन राष्ट्रिय शोक घोषणा गरेको छ । यस अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइने र विभिन्न श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने सरकारी निकायहरूले जनाएका छन् ।

इरानी राज्य सञ्चार माध्यमहरूले देशका शीर्ष नेताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रिय एकता कायम राख्न आह्वान गरेका छन्। साथै, आन्तरिक सुरक्षा व्यवस्था कडा पारिएको र संवेदनशील क्षेत्रहरूमा उच्च सतर्कता अपनाइएको जनाइएको छ ।

आक्रमणपछि मध्यपूर्व क्षेत्रमा तनाव झन् बढेको छ भने अन्तर्राष्ट्रिय समुदायले यस घटनालाई गम्भीर रूपमा लिएको छ । खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेताका रूपमा कार्यरत थिए र देशको राजनीतिक, सैन्य तथा धार्मिक नेतृत्वमा निर्णायक भूमिका निर्वाह गर्दै आएका थिए ।

उनको निधनसँगै अब इरानको नयाँ सर्वोच्च नेता चयन प्रक्रिया र भविष्यको राजनीतिक दिशा कस्तो हुने भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरमा व्यापक चासो र विश्लेषण सुरु भएको छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij