दुबईमा नेपाली, पाकिस्तानी र बंगलादेशी मारिए, इजरायलमा ९ जनाको मृत्यु 

दुबईमा नेपाली, पाकिस्तानी र बंगलादेशी मारिए, इजरायलमा ९ जनाको मृत्यु 

दुबई , इरानले आफ्ना सर्वोच्च नेता आयोतुल्ला अली खामेनी मारिएपछि मध्यपूर्वमा हिंसाको घटना थप पेचिलो बनेको छ।

यूएईको रक्षा मन्त्रालयका अनुसार हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल पहिचान गरिएकोमा १५२ वटा नष्ट गरिएको छ भने दुईवटा क्रुज मिसाइल ध्वस्त गरिएको छ।

ध्वस्त बनाएका मिसाइलका टुक्रा खस्दा ३ जनाको मृत्यु भएको र मारिनेहरूमा एक नेपाली‚ बंगलादेशी र पाकिस्तानी नागरिक रहेको जनाइए पनि उनीहरूको परिचय सार्वजानिक गरिएको छैन। यो घटनामा ५८ जना घाइते भएको अधिकारीले जनाएका छन्।

५४१ वटा इरानी ड्रोन पहिचान गरिएकोमा ५०६ वटा अवरोध गरी नष्ट गरिएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ। आक्रमणका क्रममा ज्यान गुमाउने तीन जना क्रमशः पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक रहेको पनि मन्त्रालयले जनाएको छ।

त्यस्तै इरानी ब्यालेस्टिक मिसाइल आक्रमणमा इजरायलमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। भग्नावशेषमुनिबाट थप एक शव निकालिएपछि मृतक संख्या बढेको उद्धारकर्मीहरूले बताएका छन्।

यसैबीच इजरायल डिफेन्स फोर्सले उक्त मिसाइल किन अवरोध हुन सकेन भन्ने विषयमा छानबिन सुरु गरेको जनाएको छ।

मिसाइलले सहरको आवासीय क्षेत्रमा प्रहार गर्दा एक सभाघर पूर्ण रूपमा ध्वस्त भएको छ भने सार्वजनिक बम आश्रयस्थल र आसपासका घरमा ठूलो क्षति पुगेको छ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij