बुटवल,
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुटवल–११ देविनगर माँझगाउ स्थित कर्भडहलमा शुक्रबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै खेल र खेलाडीको पक्षमा पालिकाबाट सक्दो सहयोग गर्दै आएको बताए । ब्याडमिन्टन कोर्टका स्तरोन्नतीमा समेत सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । प्रदेशस्तरमा ब्याडमिन्टन खेलको विकास, खेलाडीहरूबीच प्रतिस्पर्धात्मक वातावरण निर्माण तथा खेल संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले क्लबले हरेक वर्ष विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष नलराज नेपालले बताए । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट अनुभवी तथा उदीयमान खेलाडीहरूको सहभागिता रहेको
कार्यक्रमका संयोजक तथा क्लबका तृतीय उपाध्यक्ष भानु केसीले बताए । दुई दिनसम्म चल्ने प्रतियोगितामा मेन्स डबल, भेट्रान्स डबल (५५ वर्षमाथि), र मास्टर भेट्रान्स डबल गरी ३ विधामा प्रतिस्पर्धा गर्ने उनले बताए । मेन्स डबलतर्फ प्रथम हुने टिमले ४० हजार रुपैयाँ, दोस्रो हुने टिमले ३० हजार रुपैयाँ र तेस्रो हुने टिमले २० हजार रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी ५५ वर्षमाथिको भेट्रान्स डबलतर्फ प्रथम हुने टिमले २० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँ र तेस्रो हुने टिमले १० हजार रुपैयाँसहित कप, मेडल र ट्रफी प्राप्त गर्नेछन् । पहिलाे दिन क्वाटर फाईनलका खेल सम्पन्न भएका छन।
यस्तै ३५ वर्षमाथि र ४५ वर्षमाथिको मास्टर भेट्रान्स डबलतर्फ प्रथम हुने टिमले ३० हजार रुपैयाँ, दोस्रो हुने टिमले २५ हजार रुपैयाँ र तेस्रो हुने टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्