एन्फा महिला लिग अनिश्चित कालका लागि स्थगित

एन्फा महिला लिग अनिश्चित कालका लागि स्थगित

काठमाण्डौ – शहीद स्मारक महिला राष्ट्रिय लिग फुटबल पनि स्थगित भएको छ । पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलाएको विषयमा अध्यागमन विभागले छानबिन शुरू गरेसँगै अखिल नेपाल फुटबल सङ्घ एन्फा ले प्राविधिक कारण देखाउँदै महिला लिग स्थगित गरेको हो ।

लिगमा सहभागी ९ वटा क्लबलाई पत्राचार गर्दै एन्फाले अर्को सूचना नभएसम्मका लागि प्रतियोगिता स्थगित गरेको जानकारी गराएको छ । एन्फाको आयोजनामा महिला लिग गएको बुधवारदेखि शुरू भएको थियो ।

यसअघि एन्फाले राष्ट्रिय लिग फुटबल अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

यसअघि अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन एन्फालाई पत्राचार गरेको थियो । पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीहरूलाई नियम विपरीत खेलाइएको पाइएमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

पर्यटकीय भिसामा रहेका खेलाडीहरू एन्फाले सञ्चालन गरिरहेको राष्ट्रिय महिला तथा पुरुष लिग खेलेको भन्ने उजुरी परेपछि अध्यागमन विभागले एन्फालाई पत्राचार गरेको हो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij