अर्थ मन्त्रालयका ३० जना उपसचिवको सरुवा, काे कहाँ भए सरुवा ?

अर्थ मन्त्रालयका ३० जना उपसचिवको सरुवा, काे कहाँ भए सरुवा ?

काठमाडौँ । अर्थ मन्त्रालयले ३० जना उपसचिवलाई सरुवा तथा पदस्थापन गरेको छ । अर्थ मन्त्रालयमा कार्यरत द्वितीय तहका कर्मचारीमध्ये केहीलाई भन्सार विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा केहीलाई यस अन्तर्गतका काठमाडौँ उपत्यका बाहिर सरुवा गरिएको हो ।

अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको हाे । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकैपटक पदस्थापन तथा सरुवा गरेका हुन् ।

मेरिटअनुसार पहिलो हुनेले पहिले पोष्टिङ छान्ने, दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने, दोस्रो हुनेले बाँकी २९ ठाउँ मध्ये एक रोज्ने र मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार यो बढुवापछिको पदस्थापन भएको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार निर्णय गर्दै ती उपसचिवलाई अर्थ मन्त्रालय अन्तर्गतकै भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत अर्थ मन्त्रालय मातहतका कार्यालय र केहीलाई प्रदेशका कार्यालयमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

 

को कहाँ भए सरुवा ?

प्रकाशित मिति : सोमबार, चैत्र १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij