होर्मुजमा नाकाबन्दी गर्ने तयारी : तेलको मूल्य फेरि आकासियो

होर्मुजमा नाकाबन्दी गर्ने तयारी : तेलको मूल्य फेरि आकासियो

 

काठमाडौँ । अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी नौसेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने तयारी गरेपछि सोमबार तेलको मूल्य प्रतिब्यारेल १०० डलर माथि पुगेको हो।

इरानबाट हुने तेल निर्यात पूर्ण रूपमा रोकिन सक्ने डरले लगानीकर्ताहरू चिन्तित बनेका छन्, जसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय बजारमा देखिएको छ। सोमबार लन्डनको ब्रेन्ट क्रुड फ्यूचर ७.६० डलर अर्थात् करिब ८ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.८० डलर पुगेको छ।

त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य पनि ८.३१ डलर अर्थात् ८.६ प्रतिशतले वृद्धि भई १०४.८८ डलर कायम भएको छ। दुई साताको अल्पकालीन युद्धविराम पछि शान्ति सम्झौता हुने आशा गरिए पनि वार्ता निष्कर्षविहीन टुङ्गिएपछि बजारमा फेरि अस्थिरता छाएको ऊर्जा विज्ञहरूले बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी सुरु गर्ने घोषणा गरेका थिए। यो नाकाबन्दीले इरानसँग सम्बन्धित दैनिक करिब २० लाख ब्यारेल तेलको प्रवाह रोक्ने अनुमान गरिएको छ। राष्ट्रपति ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनसम्म तेल र ग्यासको मूल्य उच्च नै रहन सक्ने स्वीकार गरेका छन् ।

प्रकाशित मिति : सोमबार, चैत्र ३० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij