पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै तत्काल हस्तक्षेप आवश्यक रहेको जनाएको हो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेद्वारा हस्ताक्षरित विज्ञप्तिमा बैठकले मध्यपूर्वमा देखिएको संकटका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा परेको उल्लेख गरिएको छ । पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढ्दा भान्सादेखि व्यवसाय, रोजगारी, कृषि उत्पादन र पर्यटन क्षेत्रसम्म व्यापक प्रभाव परेको कांग्रेसको ठहर छ ।

कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै स्वतः बढेको मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिई फिर्ता गर्ने व्यवस्था गर्न माग गरेको छ । यसले महँगीको मार केही हदसम्म कम गर्नसक्ने विश्वास व्यक्त गरेको छ । साथै, पूर्वाधार विकास कर हालको सन्दर्भमा औचित्यहीन भइसकेकाले हटाउनुपर्ने कांग्रेसको धारणा छ ।

त्यसैगरी भन्सार, सडक मर्मत तथा सुधार दस्तुर, प्रदुषण नियन्त्रण शुल्क र हरित करलगायतका विभिन्न करहरू निश्चित अवधिका लागि घटाउने वा हटाउने व्यवस्था गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

हालको कर संरचनाका कारण नेपाल आयल निगमले महँगोमा खरिद गरी सस्तोमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै यसलाई समाधान गर्न स्पष्ट कर सहुलियत नीति आवश्यक रहेको उल्लेख गरिएको छ ।

कांग्रेसले समग्र कर प्रणाली पुनरावलोकन गरी पेट्रोलियम पदार्थमा लाग्ने कर घटाउनुपर्नेमा जोड दिँदै विद्यार्थीहरूलाई बढ्दो यातायात खर्चबाट राहत दिन विशेष सहुलियत कार्यक्रम ल्याउन पनि सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख ३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij