काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको गरिएको उहाको शल्यक्रिया सफल भएको हो ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा मंगलबार बिहान सो सेन्टरमा जानुभएको थियो । उहालाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गरेको उहाका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाले शल्यक्रिया सफल भएको बताउनुभयो ।
उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारीलगायतका टोली संलग्न छन् । चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।
प्रकाशित मिति : मंगलबार, मंसिर १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्