बुटवल ।
रुपन्देही उद्योग संघको टोली २०८३ वैशाख ३० गतेदेखि जेठ १ गतेसम्म संस्थागत भेटघाट तथा अवलोकन भ्रमणमा निस्केको छ । संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेको संयोजनमा निस्केको भ्रमण टोलीमा निवर्तमान अध्यक्ष दिलिप सापकोटा, सल्लाहकार ऋषि भण्डारी, ज्ञानप्रसाद अर्याल, लालहरि पाण्डे,रामप्रसाद आचार्यसहित पदाधिकारी, सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी रहनुभएको छ ।
संघले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार भ्रमण टोली वैशाख ३० गते बिहान प्रस्थान गरेको छ ।
टोलीले लमजुङ उद्योग वाणिज्य संघ बेसीशहरमा परिचय तथा भेटघाट कार्यक्रमपछि टोली घलेगाउँतर्फ प्रस्थान गर्नेछ ।
वैशाख ३१ गते बिहान भुजुङ गाउँ भ्रमण कार्यक्रमपछि टोली पुनः घलेगाउँ फर्किने र दिउँसो गोर्खाको कुरिनटार फर्कने छ ।
संघका अनुसार भ्रमणले उद्योगी–व्यवसायीबीच अनुभव आदान–प्रदान, पर्यटन प्रवर्द्धन तथा संस्थागत सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख ३० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्