अर्घाखाँचीको मालारानी वडा नं३ को वडा अध्यक्ष पदका लागि मतदान सुरु

अर्घाखाँचीको मालारानी वडा नं३ को वडा अध्यक्ष पदका लागि मतदान सुरु

अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी वडा नं।३ को वडा अध्यक्ष पदका लागि आज विहान ७ बजेदेखि मतदान सुरु भएको छ । निर्वाचनको लागि २ स्थलमा ४ मतदान केन्द्र तोकिएको छ । आदर्श मावि खनदह स्थलमा क, ख र सुन्दरा मावि सातडाँडा स्थलमा क, ख मतदान गरि ४ मतदान केन्द्र तोकिएको हो । जसको लागि ४ जना मतदान अधिकृत र अन्य सहयोगी गरि १२ जना मतदान स्थलमा खटिएका छन् ।
मतदाताले बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहमै संकलन गरेर आज बेलुकीबाटै मतगणना सुरू हुने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार मतदान स्थलको सुरक्षाको लागि नेपाल प्रहरी १७६ जना, शसस्त्र प्रहरी ११५ र नेपाली सेना २९ जना खटिएका छन् । ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई पौडेलले आग्रह गर्नुभयो । निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी साधन बाहेक अन्य निर्वाचनको अबधिभर चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
चार मतदान केन्द्रमा १४७१ पुरूष १५४० महिला गरि जम्मा ३ हजार ११ मतदाता संख्या रहेको मालारानी तिनमा वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवार रहेका छन् । नेपाली काँग्रेसबाट शोभाखर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपाबाट रणबहादुर खनाल उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : शनिबार, मंसिर १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij