बुटवल ।
लुम्बिनी प्रादेशीकअस्पताल बुटबलमा कार्यरत डाक्टर बिहान १० बजे देखी ३ बजे सम्म अनिबार्य बस्नु पर्ने छ । अस्पताल प्रशासनले बिहान साढे नौ बजे अस्पतालमा आउने आधा घन्टा छलफल गर्ने र १० बजे देखी ३ बजे सम्म अनिबार्य रुपमा आफनो बिभागमा बस्नु पर्ने नियम बताएको छ ।
अस्पतालमा कार्यरत डाक्टर ओपीडिमा बिरामी जाचेपछि रिपोट नआउदा सम्म वाहिर जाने गर्दछन ।अस्पतालका शाखा अधिकृत बिपीन क्षेत्रीका अनुसार साढे नौ बजेदेखी ३ बजे सम्म अस्पतालमा सबै डाक्टर बस्नु पर्ने र अनिर्बाय पोसाकमा हुनुपर्ने गरि अस्पतालले सबैलाई परिपत्र गरिसकेको बताउनुभयो ।
अस्पतालका नयाँ मेडिकल सुपेरिटेन्डेन्ड डा राजेन्द्र खनालले सुधार सानैकामबाट हुने भएकोले सबैले नियमको पालना गर्नु पर्ने बताउनुभयो। अस्पतालमा आउदा सबैले अनिबार्य रुपमा पोसाक र बिहान १० देखी ३ बजेसम्म अस्पतालमा बस्नुपर्ने बताउनुभयो।डा . खनालले केहि कर्मचारी मोबाईलमै कोहि राजनितिमा ब्यस्त देखीएकोले आफनो आचरण सुर्धानु पर्ने बताउनभयो । ल्याब ईर्मेजेन्सी लगायतका ठाउमा बिरामीको गुनासो आएको वताउनुभयो।
त्यस्तै अस्पताको समयमा निजी किल्नीकमा गएको भन्दै एकजना चिकित्सकलाई स्पस्टीकरण सोधीएको अस्पताल प्रसाशनले जनाएको छ।अस्पतालमा हाजीर हुने एक दुईजना बिरामी जाचगर्न अनि बाहिर आफनो निजी किल्नीकमा जाने गरेकोले एक चिकित्सकलाई पहिलो पटक स्पस्टीकरण सोधेको र दोश्रोपटक कुनै त्यस्तो भेटीए बिभागीए कावार्हि गर्ने बताउनुभयो ।
स्वास्थ्यसमाचार
प्रकाशित मिति : मंगलबार, मंसिर १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्