बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध बनेको छ । निरन्तर वर्षासँगै सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश बुटवलले जानकारी गराएको छ ।
सडकमाथिबाट खसेको पहिरोपछि यातायात आवागमन शुक्रबार विहानदेखि अवरुद्ध भएको ट्राफिक प्रहरीले जानकारी गराएको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर भारी वर्षाको चेतावनी दिएसँगै सडक सुरक्षामा उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । सुरक्षा सतर्कताका लागि विहिबार साँझदेखि शुक्रबार विहानसम्म अत्यावश्यक बाहेरकका सवारी साधनलाई बुटवल-पाल्पा सडकमा यात्रा गर्न रोक लगाइएको थियो ।
बुटवललगायत देशका विभिन्न ठाउँहरुमा विहिबार विहानदेखि नै निरन्तर वर्षा भैरहेको छ । वर्षाको समयमा नदी तटीय क्षेत्र तथा डुवान हुन सक्ने ठाउँहरुमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सर्वसाधरणलाई सूचना जारी गर्दै आएको छ । सकेसम्म लामो यात्रा नगरन र गर्नु परेमा पनि आवश्यक जानकारी, सुचना लिएर सुरक्षा सचेतना अपनाउन आग्रह गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, असोज ९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्