रुपन्देही , रुपन्देहीको देवदह नगरपालिका–५, मितेरी गाउँमा माउजर पेस्तोल खेलाउने क्रममा पड्किँदा एक युवक घाइते भएका छन्।
घाइते हुनेमा २२ वर्षीय रायन खत्री क्षेत्री रहेका छन्। प्रहरीका
अनुसार ४२ वर्षीय दुर्गा प्रसाद खरेलले पेस्तोल खेलाउने क्रममा अचानक पड्किँदा गोलीको छर्रा प्रहारबाट खत्रीको दाहिने गालामा चोट लागेको हो।
घाइते खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले घटनास्थलबाट म्यागाजिनसहितको माउजर पेस्तोल बरामद गरेको छ। घटनामा संलग्न रहेको आशंकामा दुर्गा प्रसाद खरेल, कमल शर्मा र अमृत खरेललाई नियन्त्रणमा लिइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो ।
प्रकाशित मिति : आइतबार, असोज १८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्