क्षेत्री समाज नेपाल सिद्धार्थनगर ले मनायो क्षेत्री दिवस

क्षेत्री समाज नेपाल सिद्धार्थनगर ले मनायो क्षेत्री दिवस

भैरहवा , क्षेत्री समाज नेपाल सिद्धार्थनगर भैरहवाले क्षेत्री दिवस मनाएको छ । समाजले घटस्थापनाका दिन भैरहवामा रैलि तथा अन्तरक्रिया गरी क्षेत्री दिवस सम्पन्न गरेको हो । क्षेत्री समाज सिद्धार्थनगरको आयोजनामा भैरहवाको लुम्बिनीरोडबाट शुरु भएको रैलि ब्रमेलिटोल, नारयणस्थान हुदै बैंकक्लोनि दुुर्गा मन्दिरमा पुुगेर समापन भएको थियो ।

क्षेत्रीहरुले घटस्थापनालाई स्थापना दिवसको रुपमा मनाउँदै आएका छन् । घटस्थापनालाई क्षेत्री दिवसका रूपमा मनाउनु भनेको शक्ति र वीरताको पर्व दसैँको सुरुवातसँगै आफ्नो ऐतिहासिक पहिचान, संस्कृति र सामाजिक एकतालाई उत्सवका रूपमा रहेको क्षेत्री समाजका अगुवा शेरजंगबहादुर बस्नेतले बताए ।

क्षेत्री समाज सिद्धार्थनगरका अध्यक्ष राजेन्द्र थापाले भैरहवा नगरमा छरिएर रहेका क्षेत्री समुदायका सबैलाई एकिकृत गर्दै क्षेत्री पोशाकमा नगर परिक्रमा गर्दै दुर्गा मन्दिरमा पुजा पाठ र अन्तरक्रिया गरेर क्षेत्री दिवस मनाइएको बताए ।

दौरा–सुरावाल, कोट, पटुका र ढाकाटोपीमा सजिएका पुुरुषहरु र गुन्यू–चोली, पटुका, मखमली चोली र तिलहरी, नौगेडी, पोते जस्ता परम्परागत गरगहनाहरू पहिरिएका महिलाहरुले एउटा हातमा राष्ट्रिय झन्डा र अर्को हातमा क्षेत्री समाजको झन्डा लिएर सडकमा रैलिमा निस्कीदाको दृश्यले धेरैलाई आर्कर्षीत गरेको थियो । सडकको दायाँबायाँ बसेर मानिसहरुले हात हल्लाउदै गरेको दृश्य पनि रमाईलो देखिएको थियो ।

नेपालको आधुनिक इतिहास, राजनीतिक परिवर्तन र सामाजिक आन्दोलनहरूमा विशेष योगदान दिएको क्षेत्री जातिको पर्व र सस्कृति रक्षामा पनि लागिरहने क्रममा घटस्थापनाको दिन दिवस मनाएको समाजका पुर्व अध्यक्ष मिलन बस्नेतले बताए ।

प्रागैतिहासिक कालदेखि नै सिञ्जा उपत्यकालाई केन्द्र बनाएर फस्टाएको क्षेत्री संस्कृति नै आजको आधुनिक नेपालको सांस्कृतिक, सामाजिक र भाषिक आधारशिला मान्ने गरिन्छ ।

क्षेत्री जातिभित्र विभिन्न गोत्र, प्रवर र हजारौँ थरहरू रहेका छन्। जस्तैः थापा, बस्नेत, पाण्डे, कुँवर, खड्का, रावल, बोहरा, बिष्ट, बुढाथोकी, घर्ती, कार्की, खत्री क्षेत्री, भण्डारी, अधिकारी, रोकाया, खस कटवाल आदि रहेका छन् । २०७८ को राष्ट्रिय जनगणना अनुसार क्षेत्री नेपालको सबैभन्दा ठूलो जनसङ्ख्या भएको जाति हो। कुल जनसङ्ख्याको १६.४५% हिस्सा क्षेत्री जातिले ओगटेको छ ।

प्रकाशित मिति : आइतबार, असोज २५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij