काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् । उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिम्स्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन साेमबार भारत प्रस्थान गरेका हुन् ।
बिमस्टेकको गृहमन्त्री स्तरीय बैठक असोज २७ गते नयाँ दिल्लीमा हुँदै छ । बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरू नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका गृहमन्त्रीहरू सहभागी हुनेछन् ।
बैठकको मुख्य एजेन्डा आतंकवाद तथा अन्तरदेशीय अपराध नियन्त्रण रहेको छ ।
प्रकाशित मिति : सोमबार, असोज २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्