काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा खुलातर्फबाट उपसभापति पदमा सर्वाधिक मत प्राप्त गरी विजयी भएका चन्द्र भण्डारीले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।
भण्डारीले सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै आफूले प्राप्त गरेको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका हुन्
उनले ‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ भन्दै महाधिवेशनमा सहभागी भएर आफूलाई अमूल्य मत दिने प्रतिनिधि तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनले सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
प्रकाशित मिति : सोमबार, असोज २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्