कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क, सवारीअनुसार फरक दर

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क, सवारीअनुसार फरक दर

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि टोल शुल्क निर्धारण गरिएको जानकारी दिएको हो। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले पनि यसबारे सूचना जारी गरेको छ।

सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा फरक–फरक शुल्क निर्धारण गरिएको छ। काठमाडौँ प्रवेश गर्ने र काठमाडौँबाट बाहिरिने सवारीसाधनले तिर्नुपर्ने शुल्क फरक हुनेछ।

निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यसैगरी, मिनी बस तथा मिनी टिपररट्रकका लागि काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिने दिशामा ८० रुपैयाँ शुल्क तोकिएको छ।

बस तथा सिंगल रियर एक्सल भएका ट्रकले काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। मल्टी एक्सल ट्रक, अन्य ठूला सवारीसाधन तथा भारी उपकरणका लागि भने काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

सवारीसाधनअनुसार टोल शुल्क

वर्ग १: कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधन = काठमाडौँ प्रवेश ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ।

वर्ग २: मिनी बस तथा मिनी टिपर/ट्रक = काठमाडौँ प्रवेश ११५ रुपैयाँ, बाहिरिँदा ८० रुपैयाँ।

वर्ग ३: बस तथा सिंगल रियर एक्सल भएका ट्रक = काठमाडौँ प्रवेश २६० रुपैयाँ, बाहिरिँदा २०० रुपैयाँ।

वर्ग ४: मल्टी एक्सल ट्रक, ठूला सवारीसाधन तथा भारी उपकरण = काठमाडौँ प्रवेश ६०० रुपैयाँ, बाहिरिँदा २५० रुपैयाँ।

कात्तिक १५ गतेदेखि लागू हुने यो व्यवस्थासँगै नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको वर्ग र यात्राको दिशाअनुसार शुल्क तिर्नुपर्नेछ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij