बझाङमा जिप दुर्घटना; दुई जनाको मृत्यु, ६ जना घाइते

बझाङमा जिप दुर्घटना; दुई जनाको मृत्यु, ६ जना घाइते

धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ स्थित काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो।

बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा परी केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पवित्रा धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको छ।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी तथा दुर्गाथली गाउँपालिका–६ का ४२ वर्षीय रामकुमार धामी र सोही ठाउँकी ४२ वर्षीया शारदा धामी जाग्री र केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी घाइते भएका छन्।

प्रहरीका अनुसार चालक बुङ्गल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको उक्त जिपको भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो।

घाइतेहरूलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ।

घटनास्थलमा प्रहरी पुग्न करिब तीन घण्टा लाग्ने भएकाले प्रहरी टोली घटनास्थलतर्फ परिचालन भइसकेको डीएसपी जोराले जानकारी दिएका छन्।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : बुधबार, कार्तिक १८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij