तिलोत्तमा , शंकरनगर सामुदायिक बन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीको दशौं अधिबेशन सम्पन्न भएको छ ।
दशौं अधिवेशनबाट रविन्द्र बस्नेत सर्वाधिक मतका साथ अध्यक्ष पदमा विजयी हुनुभएको छ। समूहको उपाध्यक्ष पदमा कमला ज्ञवाली, सचिवमा धनमाया सारु र कोषाध्यक्षमा सुरेन्द्रराज बन्जाडे निर्वाचित हुनुभएको छ।




समूहको विधानमा भएको ब्यवस्था अनुसार गत बुधबार ११ गते १४९ जना परिषद सदस्य पार्षद का लागि उम्मेदवारहरुको मनोनयन दर्ता गरिएको थियो ।
५८४।६० हेक्टर क्षेत्रफल रहेको सामुदायिक बनको सेवा क्षेत्र भित्र तिलोत्तमा नगरपालिकाका वडा नं। १,२,३ र ४ अन्तर्गत ९ वटा ब्लक छन् भने करिव १६०० उपभोक्ता सदस्यहरु रहेका छन् । यिनै उपभोक्ता सदस्यहरु मध्येबाट पहिलो चरणमा १४९ जना परिषद सदस्य निर्वाचित भएका हुन्।
सामुदायिक वनको विधानमा उपभोक्ता परिषदमा महिला सदस्यहरुको प्रतिनिधित्व ५० प्रतिशत अनिवार्य हुने ब्यवस्था गरिएको र परिषद सदस्यहरुको प्रत्यक्ष निर्वाचनमा महिलाहरुको प्रतिनिधित्व ५० प्रतिशत भन्दा कम भएमा मनोनित प्रक्रियाबाट उक्त संख्या पुरा गर्न मनोनयनको ब्यवस्था गरिएको हो ।
विधान अनुसार सामुदायि वनमा निर्वाचित परिषद सदस्य १४९, मनोनित परिषद सदस्य ४९ तथा निवर्तमान अध्यक्ष पदेन परिषद सदस्य गरी १९९ जनाको उपभोक्ता परिषद चयन भएको हो।
१९९ जनाको उपभोक्ता परिषद गठन पश्चात अन्तिम चरणमा परिषद सदस्यहरु मध्येबाट सामुदायिक बनको पदाधिकारी अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखा समिति संयोजक र दुई जना सदस्यको निर्वाचन भएको मा उपाध्यक्ष र कोषाध्यक्ष निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक खिमानन्द भट्टराईले जानकारी दिनुभयो।
अध्यक्ष र सचिव पदका लागि भएको निर्वाचनमा अध्यक्षमा रविन्द्र बस्नेतले १९९ मध्ये १५७ मत प्राप्त गर्नुभएको हो भने उहाँका प्रतिद्वन्द्वी संगिता गौतम अर्यालले ३२ मत प्राप्त गर्नुभएको थियो।
त्यस्तै सचिवमा धनमाया सारु १४५ मतका साथ विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी भुवन आचार्यले ४४ मत प्राप्त गर्नुभएको संयोजक भट्टराईले जानकारी गराउनु भएको छ।
चार जना मतदानमा सहभागी नभएको पनि निर्वाचन समितिले जनाएको छ।
आजै एक कार्यक्रमका बीच निर्वाचन समितिले नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएको छ। सो अवसरमा नव निर्वाचित अध्यक्ष रविन्द्र बस्नेतले मतदान गर्ने सबै मतदाता, राजनीतिक दलका प्रतिनिधि उपभोक्ता सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि समस्त उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रकाशित मिति : बुधबार, कार्तिक १८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्