चितवनको मुग्लिन नजिकै घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाउने काम चल्दै
काठमाण्डौ – चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा सुक्खा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग खुलाउने काम भइरहेको छ ।
पहिरो पन्छाउन सडकको दुवैतर्फबाट उपकरणसहित काम भइरहेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकाअनुसार पहिरोले सडक आज बिहानैदेखि दुवैतर्फ अवरुद्ध छ । त्यसअघि हिजो पनि पहिरो खसेको थियो तर लगत्तै सफा गरी खुलाएको भए पनि फेरि आज बिहान पहिरो खसेको हो ।
पहिरोका कारण मुग्लिन हुँदै सङ्घीय राजधानी काठमाण्डौ भित्रने र बाहिरिने गाडी रोकिएका छन् । तिहार मनाउन आउजाउ गर्ने तथा अन्य यात्रु प्रभावित भएका छन् । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार थप पहिरो नझरेमा दिउँसो १ बजेसम्म सडक खुल्ने भनिए तापनि अहिले पनि अहिलेसम्म सडक सुचारु नभएको र अझै केही समय लाग्ने बताइएको छ।
घोप्टेभिरमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले पहिरो पन्छाउन ढिलाइ भएको उहाँको भनाइ छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक २३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्