आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेसी

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेसी

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले आनि छोइङ डोल्माको नियुक्तिको कानुनी वैधता परीक्षण गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्

अभियानले नागरिकता विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रिया मिचेर नियुक्ति गरिएको भन्दै यसअघि पनि प्रश्न उठाउँदै आएको थियो ।

नियुक्तिविरुद्ध पटक–पटक खबरदारी गरिए पनि आनि छोइङ डोल्मा लुम्बिनी विकास कोषमा उपस्थित भएर कार्यभार सम्हालेकी थिइन् ।

अभियानका संयोजक अजय सोडारीका अनुसार नागरिकता विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै रिट दर्ता गरिएको हो ।

रिट निवेदनमा नियुक्तिको कानुनी वैधता परीक्षण गरी विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितता गर्न माग गरिएको छ ।

उक्त रिटको पेसी बुधबारका लागि तोकिएको छ

प्रकाशित मिति : मंगलबार, मंसिर ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij