रुपन्देहीमा चर्को डीजे र पटाका प्रयोग गरे कारबाही हुने, ध्वनि प्रदूषण नियन्त्रणमा रुपन्देही प्रशासनको कडाइ

रुपन्देहीमा चर्को डीजे र पटाका प्रयोग गरे कारबाही हुने, ध्वनि प्रदूषण नियन्त्रणमा रुपन्देही प्रशासनको कडाइ

बुटवल` । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले विवाह, व्रतबन्ध, धार्मिक समारोह तथा सामाजिक कार्यक्रममा मापदण्डविपरीत चर्को आवाजमा डीजे बजाउने र पटाका पड्काउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

कार्यालयले अत्यन्त जरुरी सूचना जारी गर्दै विवाह, व्रतबन्ध, धार्मिक कार्य, मेला, चाडपर्व, सभा तथा अन्य सामाजिक कार्यक्रममा मापदण्डविपरीत चर्को आवाजमा डीजे, बाजा तथा ध्वनि विस्तारक यन्त्र प्रयोग नगर्न अनुरोध गरेको हो । प्रशासनले मेला, र्‍याली, विवाह तथा अन्य उत्सवमा ध्वनि विस्तारक यन्त्रको अनधिकृत प्रयोगले सर्वसाधारणको जनस्वास्थ्य र दैनिक जीवनमा असर पार्ने जनाएको छ ।

विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, बिरामी तथा विद्यार्थीहरू चर्को आवाजबाट बढी प्रभावित हुने प्रशासनको भनाइ छ । यस्ता गतिविधिले सामाजिक सद्भाव बिगार्नुका साथै विवाद सिर्जना गर्ने र सार्वजनिक शान्ति सुरक्षामा समेत असर पुर्‍याउने सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेले बताएका छन् ।

त्यस्तै, कानुनले निषेध गरेका पटाकाजन्य सामग्रीको प्रयोग नगर्न पनि प्रशासनले सचेत गराएको छ । पटाका पड्काउँदा ध्वनि तथा वातावरण प्रदूषण हुनुका साथै चोटपटक लाग्ने, आगलागी हुने र शान्ति सुरक्षामा समस्या उत्पन्न हुन सक्ने न्यौपानेले बताए ।

प्रशासनका अनुसार मापदण्डविपरीतका यस्ता गतिविधि स्थानीय प्रशासन ऐन, २०२८, मुलुकी अपराध संहिता, २०७४, वातावरण संरक्षण ऐन, २०७६, जनस्वास्थ्य सेवा ऐन, २०७५, ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ तथा विस्फोटक पदार्थ ऐन, २०१८ लगायतका कानुनी व्यवस्थाविपरीत छन् ।

कानुनविपरीत डीजे तथा ध्वनि विस्तारक यन्त्रको अनधिकृत प्रयोग गर्ने र पटाकाजन्य पदार्थ पड्काउने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।

आफ्ना पर्व, उत्सव र सामाजिक कार्यक्रमलाई मर्यादित, सुरक्षित तथा वातावरणमैत्री बनाउन र सभ्य समाज निर्माणमा सहयोग पुर्‍याउन समेत प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर ९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij