प्रधानमन्त्रीले मन्त्री परिषद परिवर्तन गरेको कुरालाई स्वभाविक रुपमा बुझ्न रक्षामन्त्री पोखरेलको आग्रह

प्रधानमन्त्रीले मन्त्री परिषद परिवर्तन गरेको कुरालाई स्वभाविक रुपमा बुझ्न रक्षामन्त्री पोखरेलको आग्रह

बुटवल ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सफल भएको बताउँदै अब समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिनभएको छ ।
समृद्ध मुलुकका लागि भू–उपयोगी नीति बनाएर अघि बढ्नु पर्ने,औद्योगिक विकास, उर्जाको विकास, पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासलाई फोकस गर्नुपर्नेमा सरकारको योजना केन्द्रित भएको उहाले उल्लेख गर्नुभयो ।
आज बुटवलमा नेकपाका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्रीले मन्त्री परिषद परिवर्तन गरेको कुरालाई स्वभाविक रुपमा बुझ्न आग्रह गर्नुभयो।
‘सरकार सञ्चालन र नेतृत्वका लागि पार्टीले विश्वास गरेर जिम्मा दिइसकेपछि पार्टी भित्र परामर्श र आवश्यकता अनुसार भोली जोपनि फेरबदल हुन सक्छ, त्यो उहाँको अधिकार हो ।’ उहाले भन्नुभयो । उहाले पार्टी एकताको सबै काम यसै महिना सकिने संकेत गरे ।
आगामी मंसिर २७ गते बस्ने सचिवालय बैठकमा एकता प्रक्रियाका बाँकी काम बारे प्रस्तावमा छलफल गरि २९ गते बस्ने स्थायी कमिटीको बैठकले सबै कुरो टुङ्ग्याउने कार्यकर्ता बीच प्रतिवद्धता गर्नुभयो ।
नेकपाका अध्यक्षद्वयले पटक–पटक पार्टी एकिकरण टुङ्गिने बताए पनि समयमा एकताको प्रक्रिया टुंग्याउन नसक्नु पार्टीको कमजोरी भएको उहाले स्वीकार्नुभयो । ‘विरोधीहरुले भन्लान भन्दा पनि हाम्रो कम्जोरी भएकै हो ।
मिलाउन र मिल्न कठिन हुँदो रहेछ, त्यो व्यवहारिक जीवनमा प्रकट भयो ।’पोखरेलले भन्नुभयो। पार्टीमा पद बाडफाँडलाई मिलाउनुका साथै नीतिगत सुधारको समेत आवश्यकता रहेको उहाले बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, मंसिर २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij