प्रदेश नम्बर ५ मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले ३ वटा निर्णय सार्बजनिक

प्रदेश नम्बर ५ मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले ३ वटा निर्णय सार्बजनिक

जनता टुडे
बुटवल ।
प्रदेश नम्बर ५ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको बैठकले ३ वटा निर्णय सार्बजनिक गरेको छ । विज्ञापन तथा विज्ञापन सम्बन्धी व्यवसाय नियमन गर्न र विज्ञापन कर संकलन गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।
त्यसैगरी रुपन्देही र बाँकेमा पर्यटन कार्यालय स्थापना गर्ने निर्णय पनि बैठकले गरेको उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले जानकारी दिनुभयो ।
बैठकले विभिन्न अस्पतालका अध्यक्ष एवं सदस्यहरुलाई नियुक्त समेत गरेको छ । बर्दिया अस्पतालको अध्यक्षमा अंगद श्रेष्ठ, पाल्पा अस्पतालको अध्यक्षमा नेत्र प्रसाद पाण्डेय, रामपुर अस्पालको अध्यक्षमा बासुदेव शर्मालाई बैठकले नियुक्ती गरेको हो ।
त्यसैगरी पृथ्वी चन्द्र अस्पताल नवलपरासीको महिला सदस्यमा सरिता पौडेल, रामपुर अस्पतालमा ईश्वरी देवी खनाल, पाल्पा अस्पतालमा शुसिला देवी श्रेष्ठलाई महिला सदस्यमा नियुक्ती गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, मंसिर २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij