बुटवल।
प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसीले प्रदेशमा सुशासन सम्बन्धी कानून कडाइका साथ लागु गराउने बताउनुभएको छ ।
प्रदेशसभाको प्रदेश मामिला तथा कानून समितिद्धारा आज बुटवलमा आयोजित सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विज्ञ तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री केसीले सुशासन सम्बन्धी कानून कार्यान्वयनमा कडाई गर्ने बताउनुभएको हो।
कानून कार्यान्वयन गराउने क्रममा कसैलाई अफ्ठेरो पर्न सक्ने भन्दै मन्त्री केसीले त्यसमा कसैले रोइ कराई गर्न नहुने कुरामा जोड दिनुभयो।
प्रदेशको नेतृत्वसँग जोडिएका निकायलाई ऐनमा समेटिएको भन्दै उनले सरोकारवालाहरुबाट आएका राय सुझावहरुलाई समेत ग्रहण गरेर ऐनलाई परिमार्जन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा पूर्व प्रशासक टिकाराम घिमिरेले विधेयकका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने लुम्बिनी बौद्ध विश्व विद्यालयका प्राध्यापक डा.वेद गिरी र लुम्बिनी बाणिज्य क्याम्पसका क्याम्पस प्रमुख डा.तारानाथ उपाध्यायले कार्यपत्रमाथि टिप्पणी गर्नभएको थियो ।
सो अवसरमा वोल्ने अधिकांस सरोकारवालाहरुले कानून राम्रो बने पनि कार्यान्वयनमा उदासीनता देखिने गरेको भन्दै कार्यान्वयनमा ध्यान दिनुपर्नेमा सुझाव दिएका थिए ।
कानूनमा देखिएका कतिपय कमिकमजोरीहरुका कारण कानून कार्यान्वयनमा जटिलता आएका बिगतका अनुभवहरुबाट पाठ सिकेर अस्पष्ट रहेका बुँदाहरुलाई प्रष्ट पानुपर्ने उनिहरुको सुझाव थियो ।
प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कानून सचिब राजेन्द्र थापा,लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्ट्रार डा।तिलक आचार्य, मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ केन्द्रीय उपसभापति गोबिन्द खनाल, बरिष्ठ अधिवक्ता तेज प्रसाद कंडेल,अधिवक्ता महेन्द्र पाण्डे, नेपाली कांग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकाल, प्राध्यापक डा। खगराज शर्मा,अग्रज पत्रकार डि आर घिमिरे, ट्रेड युनियनकर्मी मेघदेव पन्त,सन्तोश ज्ञवाली, सुमित्रा शर्मा, ज्ञानु पौडेल, बलराम अधिकारी, युवराज घिमिरे,बसन्त बन्जाडे, मोतिलाल सुवेदी, महमद इस्लाम लगायतले आ आफ्नो सुझाव दिनुभएको थियो ।
समितिका सदस्य तथा प्रदेशसभा सदस्य रमा अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समितिका अर्का सदस्य भोज प्रसाद श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकास पारेका थिए भने कार्यक्रमको सञ्चालन प्रदेशसभा सचिवालयका कानून सचिब सिता घिमिरेले सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : मंगलबार, पुष १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्