मानसिक तनाव, खानपान, धुम्रपान, आदिले ‘हर्मोनल इन्व्यालन्स’ हुन्छ र महिनावारीमा गडबड हुन जान्छ

मानसिक तनाव, खानपान, धुम्रपान, आदिले ‘हर्मोनल इन्व्यालन्स’ हुन्छ र महिनावारीमा गडबड हुन जान्छ

बुटवल ।
सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुने गर्छ । नियमित महिनाबारी अरु बेलाभन्दा अगाडि पछाडि हुने, अत्यधिक रक्तस्राव हुने भएमा महिनावारी गडबडी भन्न सकिन्छ। अहिले पछिल्लो अवस्था बढी मात्रमा यस्तो समस्या देखिएको छ । जसको उदाहरण हुनुहुन्छ फर्साटिकट बर्ष ३५ कि कमला पाण्डेय उहाको महिनाबारी सघै गडबडी हुने गर्दैछ ।कहिले १५ दिन अघि जान्छ त कहिले १ महिना नै पछि त्सस्तै आर्की हुनुहुन्छ अविवाहित २० बर्षकि उषा पौडेल उहाको पनि ३ ४ महिना मा महिनावारी हुने गर्दछ गुल्मी घर हुनुभएकि उषा त्यही समस्याको उपचारको लगि बुटवल आएको बताउनुहुन्छ । उहाकि आमा जमुना पाडेल ले गुल्मीमा पनि यसको धेरै उपचार गरेको र नियमित नभएसी बुटवल लिएर आएको बताउनुहुन्छ ।आर्काको घरमा दिने छोरी यस्तो हुदा पिर पर्ने उषाकि आमा भन्नुहुन्छ पहिले विवाहित महिलामा मात्रै महिनावारी गडबडी हुने समया देखिन्थे । आजभोलि अविवाहितमा पनि यस्ता समस्या सामान्य भइसकेका छन् । त्यस्तै सविना कुवर भने सधै महिनाको २ पटक सम्म महिनावारी हुने बताउनुहुन्छ पाल्पाको रम्मादेबि कि सविना अहिले १६ बर्षकि हुनुभयो। त्यसैको उपचारको लागि उहा बुटवल आएको उहा बताउनुहुन्छ ।कक्षा ११का अध्ययनरत सविनाको यसैको कारणले आफनो पढाइको हानी भएको पढन नसकिरहेको उहा बताउनुहुन्छ । ६ महिना १ बर्ष हुदा बल्ल महिनावारी हुने आर्की उहारण हुनुहुन्छ बुटवलकि ४५ बर्षिय गगा बिसी उहा बताउनुहुन्छ बानी नै परिसक्यो मलाइ घरपरिवार ले गाली गरिरहेर बल्ला उपचारको लागि आएको उहा बताउनुहुन्छ । बेलवासकी २४ वर्षीया बिमला ज्ञवालीको महिनावारी जहिले पनि ३ महिनाको फरकमा हुन्छ यसैगरी बुटवल कालिकानगर कि तारा पौडेलको दुई महिनाको अन्तरमा हुने गरेको छ। यिनीहरु त भए उदाहरण यस्ता समस्या भएका प्रत्येक अस्पताल ,मेडिकलहरुमा हजारौ भेटिन्छन, ।
शरीरमा हर्मोनको गडबडी हुन जाँदा त्यसको प्रत्यक्ष असर महिनावारीमा देखा पर्न जान्छ । साना कुरामा पनि गहिरो चिन्ता गर्ने महिलाको हर्मोन गडबडी हुन्छ । अधिकांश महिला पढाई र सुनौलो भविष्यको चिन्ता गर्छन । यस्ता चिन्तामा गाँजिने महिलाको महिनावारीमा गडबडी देखिन्छ । त्यस्तै, निन्द्रा लाग्ने औषधिहरू सेवन गर्नाले पनि महिनावारीमा गडबडी ल्याइदिन्छ । रगत फोहोर भयो भने पनि महिनावारी नियमित हुँदैन ।महिनावारी सुरु हुँदा कुनै किशोरीलाई १–२ महिनासम्म पनि महिनावारी नहुन सक्छ तर बिस्तारै युवा अवस्थामा प्रवेश गरिसकेपछि महिनावारी नियमित हुँदै जान्छ बताउनुहुन्छ स्त्री रोग बिशेषज्ञ डा । बबिता थापा ।उहा भन्नु हुन्छ
ओभरीमा ‘पोलिसिस्टिक’ हर्मोन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ । अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि गडबडी हुन्छ। आजभोलि धेरै जस्तो युवतीमा पोलिसिस्टक हर्मोन बढेका कारण महिनावारी गडबडीको समस्या हुने गरेको छ । पोलिसिस्टिकमा महिलाको अन्डाशयका अन्डा पाक्ने र फुट्ने हुन्छ । पोलिसिस्टिक भएका महिलाका थुप्रै अन्डा हुन्छन् र सबै अन्डाबाट अलिअलि हर्मोन निस्किएर हर्मोन असन्तुलित हुनेगर्छ। हर्मोन असन्तुलित भएपछि महिनावारीमा गडबडी आउँछ। शरीरमा हुने पिट्युटरी ग्यालन, थाइराइड ग्यालन, ओभरी र युटरसजस्ता चार ग्यालनबाट उत्पन्न हुने हार्मोनले महिनावारी हुने गर्छ । शरीरमा हार्मोन ब्यालेन्स नभएसम्म नियमित महिनावारी हुँदैन । जब शरीरमा हार्मोन परिपक्क बन्छ तबमात्र महिनावारी नियमित हुन्छ।
पोलिसिस्टिक प्रकृतिक समस्या हो । तर, अहिले जुन रुपमा देखा परेको छ यो सबै वातावरणीय समस्या, मानसिक तनाव, मानसिक रोगको औषधि सेवन आदि कारणले गर्दा हो । महिनावारी गडबडी हुँदा डन्डीफोर आउने, मोटाउने, बच्चा नबस्ने, ढिला बस्ने, शरीरका विभिन्न भागमा रौं आउने समस्या देखा पर्न गर्दछ डा थापा बताउनुहुन्छ। पोषण तथा सन्तुलित खानाको अभावमा महिलाहरू कमजोर हुन्छन् साथै धेरै मोटाउँदा तथा दुब्लाउँदा पनि शरीरमा महिनावारी गराउने तत्व घटबढ भै महिनावारी अनियमित हुन्छ ।
यो समस्या कसैकसैलाई वंशाणुगत कारणले पनि हुन सक्छ । कसैलाई पाठेघरको रोग फाइब्रोइड÷पोलिप पाठेघरमा पानीको फोक्का र कसैलाई रगत नजम्ने समस्याले पनि गडबडी हुन सक्छ।
तनाव, भागदौड, मानसिक तनाव, खानपान, धूमपान, मध्यपान आदिले ‘हर्मोनल इम्ब्यालेसन्स’ हुन्छ र महिनावारीमा गडबड हुन जान्छ । चाडबाडका बेला वा अरु कुनै बेला पनि महिनावारीलाई पर सार्नुपरयो भन्दै जथभावी खाइने औषधिले पनि महिनावारी गडबडीको समस्या निम्त्याउँछ।
अहिले धेरै महिलाले आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्न थालेका छन् । परिवार नियोजनका साधनको प्रयोगले महिलाको महिनावारी छिटो तथा ढिलो हुने र रगत धेरै बग्ने यसको प्रयोग गर्ने महिलाहरूको अनुभव छ । यस्ता साधनको बढ्दो प्रयोगले महिनावारी गडबड हुनुका साथै अन्य स्वास्थ्य समस्या पनि देखापर्ने सम्भावना हुन्छ ।
सामान्यतः महिनावारी सुरु भएको केही वर्ष र सुक्न लागेको केही वर्ष महिनावारीको गडबडी हुन सक्छ। कहिलेकाहीँ महिनावारी भएको १४–१५ दिनमा अलिअलि रगत देखा पर्न सक्छ, यो अवस्था सामान्य पनि हुन सक्छ भन्ुनुहुन्छ डा थापा
के कारणले महिनावारी गडबडी भएको हो, त्यसैअनुरुपका समस्या देखा पर्न जान्छन् । किशोरीमा मानसिक तनाव हुने, त्रसित हुने आदि समस्या आउँछन् । कतिपयले त्यत्तिकै पनि आफ्नो शरीरभित्र कुनै रोग छ कि भनेर तनावले आत्तिने गरेको पाइन्छ । अर्धबैँसे महिलामा महिनावारी गडबडी हुन्छ भने त्यसले गम्भीर खालका समस्या निम्त्याउन सक्छ । पाठेघरसम्बन्धी रोग लाग्ने, आङ खस्ने, बाँझोपन हुने यी सबै समयमा महिनावारी नहुनुकै कारण हुन् ।
कुनै महिलाको महिनावारी २८ दिनमा भैरहेको थियो तर कुनै महिना १० दिन ढिला भए त्यसलाई गडबडी मानिन्छ । कसैको महिनावारी ३५ दिनमा हुने गरेको छ भने अर्को महिना पनि ३५ दिनमै भए त्यसलाई गडबडी मानिँदैन । महिनावारी ३–४ दिन तलमाथि हुनुलाई गडबडी मानिँदैन ।
अनियमित महिनावारीले जीवनमा असर पार्ने भएकाले यसबाट जोगिन पोषण तत्व तथा सन्तुलित खानामा ध्यान पुर्याउनुपर्छ । कहिलेकाहीँ मधुमेह तथा थाइराइडले गर्दा पनि महिनावारी तलमाथि पर्न सक्छ । त्यसैले समय–समयमा यसको जाँच गराउनुपर्छ भने तनावमुक्त जीवन जिउनुपर्छ ।यसबाट बच्नका लागि के गर्नुपर्छ त डा.बबिता थापा भन्नुहुन्छ
महिनावारी गडबड हुन नदिन जीवनशैली परिवर्तन गर्नुपर्छ।
–पोषिलो खानेकुरा खानुपर्छ । प्रदुषित वातावरणबाट जोगिनुपर्छ ।
– नियमित चेकजाच गराउनुपर्छ ।
– आफ्नो शरीरमा कुनै रोग देखियो भने हेलचेक्याइँ नगरी तुरुन्त उपचार गर्नुपर्छ।
– नियमित व्यायम गर्नुपर्छ ।
– शरीरलाई मोटो हुन दिनु हुँदैन ।
– गर्व निरोधक चक्की खाँदा चिकित्सकसँग सल्लाह गरेर मात्र खानुपर्छ ।
– महिनावारी भनेको नियमित प्रक्रिया हो, त्यसलाई रोक्न औषधि खानु हुँदैन ।
कतिपय महिलाको समस्या, महिनावरी गडबडी मा सामान्यत महिलाहरुले आफ्नो कुरा गोप्य राख्छन् । महिनावरीको समस्याबारे पनि उनीहरु खुलेर कुराकानी गर्दैनन् ।
त्यही कारण हो, उनीहरुमा मानसिक तनाव हुने । महिलाको यस्तो मर्म घरपरिवार, सासु ससुरा लगायतले सजिलै बुझिदिदैनन् । सामान्य लागेपनि यो समस्याले महिलालाई मानसिक र शारीरिक दुबै किसिमको पीडा दिइरहेको हुन्छ । त्यसैले यसका समस्याको समाधान छिटो गर्न आवश्यक हुन्छ ।

प्रकाशित मिति : शनिबार, पुष १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij