काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियामा सुस्तता छाइरहेको बेला माधव नेपाल र पुष्पकमल दाहालबीच छलफल भएको छ।
मंगलबार बिहान दुई नेताबीच करिब एक घण्टा छलफल भएको छ। एमाले वरिष्ठ नेता नेपाल निकट स्रोतका अनुसार भेटमा नेपालले दाहाललाई एकता प्रक्रियालाई तिब्रता दिन आग्रह गरेका थिए। ‘यो सुस्तता ठिक होइन’, नेपाल निकट स्रोतले भन्यो, ‘प्रचण्ड कमरेड अलि सक्रिय हुनुपर्यौ।’
‘यो सुस्तता ठिक होइन’, नेपाल निकट स्रोतले भन्यो, ‘प्रचण्ड कमरेड अलि सक्रिय हुनुपर्यौ।’एकताका विषयमा धेरै कुरा टुंगिए पनि प्रक्रियामा ढिलाई भएको नेपालले दाहाललाई भनेका थिए। उनले पार्टी एकता संयोजन समितिको बैठक तत्काल बसेर मिलेका कुरालाई आधिकारिकरुपमा टुंगो लगाउन जोड दिएका छन्। भेटमा नेपालले एकताका विषयमा भएका केही कार्यशैली गत कुरामा गुनासो गरेका थिए।
यता दाहाल निकट स्रोतले भने दुई नेताबीच नितान्त चिया गफ भएको बतायो। ‘दुई नेताले पार्टी एकताको बारेमा कुरा गर्नु भयो’, स्रोतले भन्यो, ‘उहाँहरुबीच नितान्त अनौपचारिक छलफल भएको छ। त्यस्तो गम्भिर छलफल होइन।’ तर भेटमा दाहालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला कार्यशैलीले एकताबारे कार्यकर्तामा अन्यौलता छाएको भन्दै नेपालसँग गुनासो गरेका थिए।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एकता गरेका दुई दलले निर्वाचनपछि पार्टी एकता गर्ने भने पनि विलम्ब हुँदै गएको छ। वैशाखमा लेनीन जयन्तिका दिन एकताको लागि कार्यदलले सिफारिस गरे पनि त्यो टरिसकेको छ। दुवै पार्टीका नेताले पार्टी एकताबारे विभिन्न अभिव्यक्ति दिइरहेका बेला बरिष्ठ नेता नेपाल र अध्यक्ष दाहालबीच भेट भएको हो।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्