निर्देशकबारे अभिनेत्री स्वराको आरोप : रक्सीले मातेर मेरो कोठामा आए

निर्देशकबारे अभिनेत्री स्वराको आरोप : रक्सीले मातेर मेरो कोठामा आए

बलिउड अभिनेत्री स्वरा भास्कर फेरि एकपटक चर्चामा आएकी छिन् । उनी आफूलाई लागेको कुरा खुलेर बोल्छिन् । यसो गर्दा उनले बेलाबखत विवादको सामना गर्नुपरेको छ।
स्वराले हालै एक अन्तरवार्तामा आफूले करिअरका प्रारम्भिक दिनहरुमा भोगेको यौन उत्पिडनको अनुभव सुनाएकी छन् । उनका अनुसार फिल्मको विषयमा कुरा गर्ने क्रममा एक निर्देशकले उनलाई किस गर्न खोजेका थिए ।

‘तर, मैले प्रतिकार गरेँ,’ स्वराले भनिन्, ‘त्यसपछि ती निर्देशक रिसाएर मलाई फिल्मबाट निकाले ।’ उनले अर्को घटना सुनाइन्, ‘एउटा फिल्मको सुटिङका लागि हामी ५६ दिनसम्म टाढाको एउटा होटलमा बसेका थियौ । त्यो फिल्मका निर्माताले जतिबेला पनि मलाई घुरिरहेका हुन्थेँ । एक दिन राति रक्सीले मातेर म सुत्ने कोठामा आए र मलाई अंकमाल गर्न खोजे । त्यसपछि मैले त्यो फिल्म नै छाडिदिएँ ।’

प्रकाशित मिति : मंगलबार, असार १९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij