सामान्यतः चिकित्सकले कुनै उपचार सुरु गर्नुअघि बिमारीको स्वास्थ्य-इतिहास बुझ्न खोज्छन् । बिमारीलाई यसअघि के भएको थियो, कस्तो रोग लागेको थियो, त्यसको उपचार कसरी गरियो, के औषधी खुवाइयो आदि । यसबाट के थाहा हुन्छ भने, उनको रोगको जड के थियो ? त्यसको सही उपचार भयो वा भएन ? अब कसरी अगाडि बढ्न सकिन्छ ?
त्यसैले यी कुराहरुले चिकित्सकलाई मार्गनिर्देशन गर्छ । तर, बिमारीले सही ढंगले आफ्नो अवस्था नबताउँदा उपचार प्रभावकारी नहुन सक्छ । खासगरी महिलाहरु कतिपय कुरा स्पष्टसँग खुलाउँदैनन् । खासगरी यौनाङ्ग वा यौनरोगसँग सम्बन्धित कुरा लुकाउने गर्छन् । त्यस्तै कतिपय जटिल समस्या पनि लुकाउने गर्छन् ।
सामाजिक परिवेश, पारिवारिक भय तथा व्यक्तिगत संकोचका कारण पनि उनीहरुमा यस्तो समस्या हुनेगर्छ ।
महिलाहरुको शरीर संवेदनशील हुने गर्छ । शरीरको संवेदनशीलताकै कारण उनीहरु हरेक पटक कुनै न कुनै समस्याबाट गुजि्रएकै हुन्छन् । तर त्यस्ता समस्याबारे महिलाहरुलाई सही जानकारी नहुँदा उनीहरु हरेक समय तनावमा रहने गर्छन् । उनीहरुलाई लाग्छ, कतै म गर्भवती त छैन’ ।
जबकी यस्ता समस्या गर्भका कारण मात्र नभई हर्मोनको गडबडी, गलत खानपान, शारीरक श्रम, तनाव लगायतका कारण पनि हुनसक्छ । जसबारे जानकारी नहुदाँ महिलाहरु यस्ता समस्यालाई गर्भसितमात्र जोड्र हेर्ने गर्दछ । जसबारे चिकित्सकसित खुलेर कुरा गर्न आवश्यक छ ।
प्रकाशित मिति : शुक्रबार, असार २९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्