प्रदेश नं ५ का लागि प्रदेश सरकारले माग्यो छुट्टै बिदा

प्रदेश नं ५ का लागि प्रदेश सरकारले माग्यो छुट्टै बिदा

बुटवल । प्रदेश नं ५ को सरकारले प्रदेशका लागि छुट्टै बिदाको व्यवस्था गर्न सङ्घीय सरकारसँग माग गरेको छ ।

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशस्तरीय पाँच र स्थानीय तहको लागि तीन दिन बिदा स्वीकृति दिन सरकारसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेशका लागि बकर ईद, माघे सङ्क्रान्ति, बुद्ध पूर्णिमा, गणतन्त्र दिवस र प्रदेश सरकार स्थापना दिवस र स्थानीय तहमा आइतबारी पर्वका लागि दाङ, बाँके बर्दिया, भुमे पर्वका लागि रुकुम रोल्पा तथा भगवती जात्रामा पाल्पामा बिदा दिनका लागि लागि सङ्घीय सरकारसमक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेश ५ समपूरक अनुदानसम्बन्धी कार्यविधि २०७५ स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश सरकारबाट स्थानीय तहमा प्रदान गरिने समपूरक अनुदानमा सडक, सिँचाइ, विद्युत्, पुल पुलेसा, मोनोरेल, स्काइरेल, केबलकार, पर्यटकीय पूर्वाधार विकास, प्रदेश विश्वविद्यालय, विद्यालय भवन निर्माणसम्बन्धी आयोजना तथा कार्यक्रम रहेको प्रवक्ता चौधरीले जानकारी दिए ।

जनसङ्ख्या, क्षेत्रफल, मानव विकास सूचकाङ्कको अवस्था, आर्थिक पछौटेपनलगायतका विषयलाई आधार मानेर समपूरक अनुदान प्रदान गरिनेछ । बैठकले प्रदेश नं ५ को प्रशासकीय कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा समक्ष पेश गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

बैठकले छापाखाना र प्रकाशन सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश नं ५ औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकमा भएको प्रवक्ता चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij