रीमा र वेनिशा समलिंगी अवतारमा !

रीमा र वेनिशा समलिंगी अवतारमा !

काठमाडौ । २१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ । पहिले नौलो लाग्ने हर कुरा आज भोली सामान्य हुँदै गएका छन् । त्यसको एक उदाहरण हो मानिसले आफ्नो लैङ्गिक अवस्थाको बारेमा खुलेर बोल्नु । पछिल्लो समय समलिंगी ब्यक्तीहरु खुल्न थालेका छन् ।

पहिले आफ्नो पहिचान खुलाउन डराउनेहरु अहिले समाजमा देखिएको सोचको परिवर्तनसंगै परिवर्तित भएका छन् । नेपालमा पनि त्यो परिवर्तन देखिएको छ ।

परिवर्तित समाजमा आफ्नो लैङ्गिक अवस्थालाई नलुकाउ भन्ने मुख्य हेतुले प्रविन श्रेष्ठको निर्देशनमा समलिंगी को कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ ।


‘मन’ एल्बममा समावेश दर्पण यात्रीको शब्द तथा जीतेन तामाङ लामाको संगीतमा अन्जु पन्तको स्वर रहेको ‘मैले भुल्न’ बोलको उक्त गीतको भिडियोमा नायिका द्वय रीमा विश्वकर्मा र बेनिशा हमाललाई समलिंगी जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

भिडियोमा समलिंगी बनेका यी दुई नायिकाको इन्टिमेट सिन समेत समावेश गरिएको छ । भिडियोमा उत्तम हुमागाईको छयांकन, कसम नेपाल र मन्जिल श्रेष्ठको सह-निर्देशन तथा निर्देशक प्रविन श्रेष्ठकै सम्पादन रहेको छ । भिडियो मोक्क्ष प्रोडक्सनको प्रस्तुतीमा हेलो नेपाल इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

प्रकाशित मिति : शनिबार, मंसिर १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij