बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादनको गति बढाउन मन्त्रालयहरुलाई निर्देशन दिएका छन्।प्रधानमन्त्री ओलीले कार्य सम्पादन गर्दा आदेश तामेलीको भर नपर्न पनि मन्त्रालयका मन्त्री र सचिवहरुलाई सचेत गराए।
बिहीबार सिंहदरबारमा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, खानेपानी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण र वन तथा वातावरण मन्त्रालयको कार्य प्रगति विवरण सुनेपछि आदेश तामेली नभई विधिमा भर परेर कार्य सम्पादनको गति बढाउन सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन्।
‘आदेश तामेलीमा भर नपरी विधिसम्मत ढंगले कामको गतिलाई तीव्रता दिन प्रधानमन्त्रीले मन्त्रालयहरुलाई निर्देशन दिनुभयो’, अर्थमन्त्री डा. युवराज खतिवडाले भने। त्यस अवसर प्रधानमन्त्री ओलीले लक्ष्य अनुसार कार्य सम्पादन नगरेका मन्त्रालयहरुलाई दोस्रो चौमासिक समीक्षा बैठकमा उल्लेख्य कार्य प्रगति गर्न पनि आग्रह गरेका थिए।
प्रधानमन्त्री ओलीले अन्तर मन्त्रालय समन्वयमा जोड दिन तथा संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयलाई अझै सशक्त बनाएर विकास निर्माणको कामलाई अघि बढाउनुपर्नेमा पनि जोड दिए।
प्रधानमन्त्रीले सरकार एक्लैले अघि बढाउन नसक्ने कतिपय विकास आयोजनाको कामलाई निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउन पनि सम्बन्धित मन्त्रालयलाई सचेत गराएको पनि अर्थमन्त्री खतिवडाले बताए।
प्रधानमन्त्री ओलीले बुधबारबाट मन्त्रालयहरुको कार्य प्रगति विवरणको समीक्षा गर्न सुरु गरेका हुन्। उनले बाँकी मन्त्रालयको कार्य प्रगति विवरणको समीक्षा आइतबार गर्ने योजना बनाएका छन्।
बिहीबारको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रालयको कार्य प्रगति विवरण निराशाजनक भने नरहेको टिप्पणी गरे।
प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्