मिस वर्ल्ड बन्ने आशामा श्रृंखला, यसरी गर्न सकिन्छ भोट

मिस वर्ल्ड बन्ने आशामा श्रृंखला, यसरी गर्न सकिन्छ भोट

काठमाडौं : मिस नेपाल श्रृंखला खतिवडा यतिखेर चीनमा छिन् । मिस वर्ल्ड २०१८ को प्रतियोगितामा भाग लिन गएकी उनले त्यहाँका तस्वीरहरु सार्वजनिक गरिरहेकी छिन्। यो अवधि आफनो लागि निकै उपलब्धीमूलक भएको अनुभव पनि उनले सेयर गरेकी छिन् ।

मिस वल्र्ड प्रतियोगिताको यो ६८ औ शृखंला हो । विश्वभरीका १२० देश सहभागि प्रतियोगितामा अहिले विभिन्न अर्वाडहरुमा भोटिगं भइरहेको छ । चीनको सान्यामा आगामी ८ डिसेम्बरमा मिस वर्ल्डको फाइनल इभेन्ट हुनेछ ।


मिस वर्ल्डमा पाँच शीर्षकमा अवार्ड वितरण गरिन्छ, जसमध्ये मल्टिमिडिया एउटा हो । यसमा उनले अग्रता लिइरहेकी छिन् । मल्टिमिडिया अबार्डका लागि २८ नोभेम्बरसम्म भोटिङ खुला रहनेछ । क्वार्टरफाइनलमा विभिन्न तरिकाबाट प्रवेश गर्ने ३० जना सुन्दरीहरुबीच अन्तिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । त्यहाँ निर्णायकहरुको मतका आधारमा मिस वर्ल्डको फैसला हुन्छ ।

मल्टिमिडिया अवार्डका लागि श्रृंखलालाई मोबस्टार एपबाट भोट गर्न सकिन्छ । यसका लागि मोबस्टार एप डाउनलोड गर्नुपर्छ । त्यसपछि आफ्नो नयाँ अकाउन्ट खोलेर वा फेसबुकको आइडी पासवर्ड प्रयोग गरेर साइन इन गर्न सकिन्छ । मगस्टारमा आफ्नो अकाउन्ट खोलिसकेपछि श्रृंखला खतिवडा सर्च गर्नुपर्छ ।

उनको आधिकारिक पेजमा नीलो चिन्ह लगाइएको छ । उक्त पेज खोलेर श्रृंखलाले गरेका पोष्टहरुलाई बायाँबाट दायाँ स्वाप गर्नुपर्छ । हरेकचोटि स्वाप गर्दा अंग्रेजीमा ‘एस’ देखाउँछ जुन एक भोट बराबर हो । साथै श्रृंखलाले गरेको पोष्टमा कमेन्ट गर्दा पनि भोट काउन्ट हुन्छ । श्रृंखलाको आधिकारिक फेसबुक पेजमा आउने लाइक तथा कमेन्टले पनि महत्व राख्छ ।

यस्तै मिस वर्ल्डको अफिसियल वेबसाइट गएर पनि एक भोट गर्न सकिन्छ । यसमा पनि फेसबुकको आइडीबाट साइन इन गर्न सकिन्छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij