नयाँ मर्यादाक्रम पारित, अब यस्ताे हुनेछ मर्यादाक्रम

नयाँ मर्यादाक्रम पारित, अब यस्ताे हुनेछ मर्यादाक्रम

बुटवल : सरकारले नयाँ मर्यादाक्रम पारित गरेको छ । बिहीबार स्वीकृत पछिल्लो मर्यादाक्रम अनुसार राष्ट्रपति पहिलो, उपराष्ट्रपति दोस्रो, प्रधानमन्त्री तेस्रो, प्रधानन्यायाधीश चौथो, प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष पाँचौँ नम्बरमा रहेका छन् ।

छैटौँ वरियता पूर्वराष्ट्रपति र उपप्रधानमन्त्रीको हुनेछ । प्रदेश प्रमुख, संघीय सरकारको मन्त्री, प्रतिनिधिसभाको विपक्षी दलको नेता, राष्ट्रिय सभाको विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीश, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, प्रदेश सरकारका मुख्यमन्त्री, व्यवस्थापिका–संसद्का पूर्वसभामुख, संविधानसभाका पूर्वअध्यक्ष, प्रतिनिधिसभाका पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्ष वरियताको सातौँ नम्बरमा छन् ।

राज्यमन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका विभिन्न समितिका सभापति तथा अध्यक्ष, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, सहायकमन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्य र पूर्वउपप्रधानमन्त्रीलाई आठौँ वरियता दिईएको छ ।

नवौँ नम्बरमा संवैधानिक निकायका सदस्य तथा आयुक्त, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, उच्च अदालतका मुख्य न्यायाधीश, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रज्ञा प्रतिष्ठानका कुलपति र विश्वविद्यालयका उपकुलपति हुनेछन् ।

प्रदेश सभाका सभामुख, प्रदेश सरकारका मन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य १० औँ, नेपाल सरकारका सचिव, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सर्वोच्च अदालतका रजिष्ट्रार, नायब महान्यायाधिवक्ता, उपमहालेखापरीक्षक, प्रदेश सरकारका प्रमुख सचिव, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका प्राध्यापक, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव र नेपाली राजदूत ११ औँ वरियतामा हुनेछन् ।

वरियताक्रमको १२ औँ नम्बरमा रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक (राष्ट्रिय अनुसन्धान विभाग) र नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक हुनेछन् । सरकारले वरियताक्रम २७ तहसम्मको बनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij