चीनबाट श्रृंखलाले भनिन्, ‘देशको सबैभन्दा ठूलो समस्या बेरोजगारी’ (भिडियो सहित)

चीनबाट श्रृंखलाले भनिन्, ‘देशको सबैभन्दा ठूलो समस्या बेरोजगारी’ (भिडियो सहित)

काठमाडौँ : श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को प्रतियोगिताका लागि चीनमा छिन्। मिस वर्ल्डमा सहभागी भएका एक सय १८ देशका सहभागीलाई विभिन्न समूहमा बाँडेर प्रतियोगिता गरिएको छ। हेड टु हेड च्यालेञ्ज मा प्रतिस्पर्धा गर्नको लागि श्रृंखला लगायत अरु प्रतिस्पर्धीलाई प्रश्न सोधिएको छ।

मिस नेपाल २०१८ की बिजेता खतिवडासँगै अरु प्रतिस्पर्धीलाई ‘तपाईको देशमा अहिलेको जल्दोबल्दो समस्या के हो? र तपाई यसलाई कसरी समाधान गर्नुहुन्छ?’ भनेर प्रश्न सोधिएको थियो।

यो प्रश्नको जवाफमा श्रृंखलाले भनेकी छन्, ‘हाम्रो देशको जल्दोबल्दो समस्या भनेको बेरोजगारी हो, धेरै युवाहरु रोजगारीको अवसरको लागि बिदेश जान्छन्। मलाई लाग्छ, पर्यटनको माध्यमबाट देशमा रोजगारी सिर्जना गर्न सकिन्छ। पर्यटन हाम्रो देशको शक्ति हो। मलाई विश्वसामु नेपाललाई बिविध सँस्कृति, धर्म, जनजाति भएको देशको रुपमा चिनाउन मन छ। नेपाली पर्व मनाउन मन पराउन्, रमाउन मन पराउछन्। मलाई विश्वभरका मानिसलाई नेपालमा गर्भसहितको मुस्कानले स्वागत गर्न मन छ।’


श्रृंखलालाई मिस वर्ल्ड २०१८ की बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ। प्रतियोगितामा शृङ्खलाले आफ्नो प्रभाव छोड्न सफल भएकी बताइन्छ । उनले इभेन्टमा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु पनि गर्न भ्याएकी छिन् ।

सबैलाई आफूप्रति आकर्षित गर्न सफल भएकी शृङ्खलाले नेपालको संस्कृति झल्किने विभिन्न प्रस्तुति दिइरहेकी छिन् ।

 

प्रकाशित मिति : आइतबार, मंसिर ९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij