भारतीय चलचित्र उद्योग बलिउडमा यतिबेला बिहेको सिजन चलिरहेको छ । चर्चित जोडीहरु धमाधम वैवाहिक सम्वन्ध जोडिरहेका छन् । पछिल्लोपटक अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले ईटलीमा बिहे गरे । यसअघि अभिनेत्रीहरु सोनम कपुर, नेहा धुपिया र अनुष्का शर्माको बिहे भएको थियो । चाँडै नै प्रियंका चोपडाले पनि ब्वाईफ्रेन्डसँग लगनगाँठो कस्दैछिन् । उनीहरुको बिहेको मिति सार्वजनिक गरिएको छैन ।

अब अर्को वर्ष बिहे गर्न सक्ने सेलिब्रिटीहरुको बारेमा चर्चा हुन थालिसकेको छ । यो वर्ष जस्तो बिहेको लहर नआए पनि केही सेलिब्रिटीहरु २०१९ मा घरजम गर्न सक्नेछन् ।
यतिबेला सबैभन्दा चर्चामा रहेको प्रेम जोडी हुन् रणवीर कपुर र आलिया भट्ट । उनीहरु करिब एक वर्षदेखि प्रेममा छन् । सार्वजनिक रुपमा स्वीकार नगरे पनि उनीहरुले आफ्नो प्रेम लुकाएका छैनन् । उनीहरुको पारा हेर्दा अर्को वर्ष बिहे गर्न सक्ने अड्कल गरिएको छ ।
हालै एक अन्तरवार्तामा आलियालाई बिहेको विषयमा सोधिएको थियो । उनले सोझो जवाफ दिइनन् । ‘मेरो बिहे हेर्न प्रतिक्षा गर्नुपर्छ’ भन्दै पन्छिइन् । यद्यपि, रणवीर र आलिया दुवैका बाबुआमा छिट्टै उनीहरु श्रीमान–श्रीमती बनेको हेर्न चाहन्छन् ।
बलिउडका तीन नायिकाहरु उमेर छिप्पिदा पनि बिहे नगरी बसेका छन् । उनीहरु हुन्, तब्बु, अमिषा पटेल र सुष्मिता सेन । के अर्को वर्ष उनीहरुको घरजम होला त ? तब्बु ४७ वर्ष भइन् भने अमिषा ४३ र सुष्मिता ४२ वर्षका भए । उनीहरु तीनै जनाको बिहे गर्ने उमेर गुज्रिसकेको छ । तर, कतिपयले उमेर कटेपछि त बिहे गर्छन् ।
तब्बु र अमिषाको कुरा गर्दा उनीहरुको बिहे गर्ने कुनै छाँटकाँट देखिँदैन । किनभने उनीहरु सिंगल नै छन् । सुष्मिता सेनले चाहिँ चाँडै बिहे गर्न सक्ने अनुमान गरिएको छ । त्यसो त उनी बिहे नगरे पनि आमा बनिसकेकी छन् । उनले दुई छोरीहरु गोंद लिएकी छन् ।
पछिल्लो समयमा सुष्मिताको नाम १५ वर्ष कान्छा रोहमन शलसँग जोडिएको छ । रोहमन कश्मिरी युवक हुन् । उनी नैनितालमा बस्छन् । सुष्मिता र रोहमनले अर्को वर्ष बिहे गर्ने तयारी गरेको बुझिन्छ ।
अविवाहित नायिकाहरुमध्ये सोनाक्षी सिन्हा पनि प्रेममा छिन् । उनी आफ्ना प्रेमी बन्टी सचदेवसँग अर्को वर्ष बिहे गर्ने सोचमा छिन् । सोनाक्षीको उमेर ३० कटिसकेको छ । बन्टी सलमानका र्भाइ सोहेल खानकी पत्नी सीमा सचदेवका भाई हुन् ।
प्रकाशित मिति : शुक्रबार, मंसिर १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्