मेक्सिकोकी लियोनले जितिन् मिस वर्ल्ड २०१८ को ताज

मेक्सिकोकी लियोनले जितिन् मिस वर्ल्ड २०१८ को ताज

काठमाडौ । मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्से डे लियोनले जितेकी छन्।

चीनको सान्यामा शनिबार साँझ सम्पन्न मिस वर्ल्ड २०१८ को फाइनलमा मिस वर्ल्ड २०१७ की विजेता भारतकी मानुसी चिल्लरले भेनेसालाई ताज पहिर्‍याइदिएकी थिइन्।

भेनेसा ६८औँ मिस वर्ल्ड बनेकी हुन्। मिस वर्ल्ड २०१८ को फर्स्ट रनरअप थाइल्यान्डकी सुन्दरी निकोलेने लिम्सनुकान भइन् भने सेन्केन्ड रनर अप बेलारुसकी मारिया भासिलेभिच भइन्।

युगान्डा र जमाइकाका सुन्दरी पनि टप ५ मा पुगेका थिए। त्यसैगरी मिस वर्ल्ड युरोप २०१८ बेलारुसकी प्रतिस्पर्धी भइन्।

त्यसैगरी मिस वर्ल्ड क्यारेबियन जमाइका, मिस वर्ल्ड अफ्रिका युगान्डा, मिस वर्ल्ड अमेरिका मेक्सिको र मिस वर्ल्ड एसिया र ओसानिया थाइल्यान्डकी सुन्दरीले हात पारिन्। नेपालकी प्रतिस्पर्धी श्रृंखला खतिवडाले मिस वर्ल्डको टप १२ मा पुगेर मिस वर्ल्ड २०१८ को यात्रा टुंग्याइन्।

प्रकाशित मिति : शनिबार, मंसिर २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij