संघीय सरकारसंग प्रदेश सरकारको गुनासोको पोको फुक्यो

संघीय सरकारसंग प्रदेश सरकारको गुनासोको पोको फुक्यो

काठमाडाैँ । संघीयता कार्यान्वयनमा गएपछि पहिलो पटक बसेको अन्तर प्रदेश परिषद्को वैठकको पहिलो दिन ३ प्रदेशका मुख्यमन्त्रीहरुले आफुहरुले भोग्नु परिरहेको समस्याका बारेमा जानकारी गराएका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको पहिलो दिनको वैठकमा प्रदेश १, २ र ३ का मुख्य मन्त्रीहरुले आआफ्नो धारणा राखेका थिए ।

उनीहरुले प्रदेश र स्थानीय तहमा नीतिगत असहयोग, कर्मचारी अभाव, आर्थिक पाटो र संघीयता लगायतका विषयमा संघीय सरकार उदासिन भएको भन्दै ध्यानार्कषण गराएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।

आइतबारको बैठकमा विभिन्न मन्त्रालयतका मन्त्री,सचिवले समेत आआफ्नो धारणा राखेका थिए । सोमबारको वैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि बैठकले संघ र प्रदेशमा जारी राजनीतिक विवाद हल हुने विश्वास गरिएको छ ।

यसअघि प्रधानमन्त्री ओली उत्सकु नबन्दा परिषद्को बैठक बस्न सकेको थिएन । भदौ २१ मा पोखरामा मुख्यमन्त्रीहरुले भेला गरी प्रदेशका साझा एजेण्डा तय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रदेशका मुख्यमन्त्रीहरुसंग असन्तुष्ट बनेका थिए ।

प्रकाशित मिति : आइतबार, मंसिर २३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij