जरीन खानको कार दुर्घटना , एक युवकको मृत्यु

जरीन खानको कार दुर्घटना , एक युवकको मृत्यु

गोवा: बलिउड अभिनेत्री जरीन खानको कार गोवामा दुर्घटना भएको छ । जरीनको कार रोकेको अवस्थामा एक मोटरसाइकलमा सवार व्याक्तिले अचानक कारमा ठक्कर दिएको छ । ठक्करपछि उक्त व्यक्ति घायल भए । जरीन र उनको टोलीले घायल मोटरसाइकल चालकलाई तत्काल अस्पताल पुर्‍याए।

स्पटबोइको अनुसार मोटरसाइकलमा सवार युवकले हेलमेट लगाएका थिएनन् । उनको टाउकोमा गहरी चोट लागेको थियो । सो घटना बिहिबार बिहान ६ बजेको हो । उनलाई तत्काल अस्पताल भर्ना गरिएपनि अस्पतालले युवकलाई मृत घोषित गर्यो ।

मोटरसाइकल चालकको नाम नितेश गोरल बताइएको छ । उनको उमेर ३१ वर्ष रहेको छ । सो घटनाको पुष्टि गर्दै प्रहरी अधिकारी विशाल मान्जरेकरले भने ‘चालक बिरुद्ध अन्जुना प्रहरी चौकीमा लापरवाहीसँग गाडि चलाएको मुद्दा दर्ता गरिएको छ ।’

घटनाको जरिनको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । जरिन यो भन्दा पहिले आफ्नो पूर्व म्यानेजर अन्जली आस्था बिरुद्ध एफआइआर दर्ता गरेकी छिन् । जरीन खानले म्यानेजर माथि दुर्व्यवहारको आरोप लगाएकी छन् । एफआइआर दर्ता भएसँगै घटनाको जाँच चलिरहेको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij