कांग्रेस महासमिति : नेताका हात मिले, मन मिलेन, विधानमा विवाद

कांग्रेस महासमिति : नेताका हात मिले, मन मिलेन, विधानमा विवाद

काठमाडौं । पार्टीलाई संघीय संरचनामा लैजान सोहीअनुरूपको विधान पारित गर्ने मूल एजेन्डासहित २९ मंसिरबाट सुरु भएको कांग्रेस महासमिति बैठक विधान नआउँदा बन्धक भएको छ ।

महासमिति सुरु हुनुअघि नै विधानमा देखिएको गुटगत विवाद पूर्वनिर्धारित अन्तिम मिति सकिँदासम्म पनि सहमतितर्फ पुग्न नसक्दा जारी महासमिति विधानकै कारण बन्धक बन्न पुगेको हो ।

विधानमा सहमति जुट्न नसकेपछि महासमितिसमेत लम्बिएको छ । पूर्वनिर्धारित तालिकाअनुसार ३ पुसमा बैठकको समापन तोकिएकोमा ५ पुसबाट बैठक स्थलसमेत प्रदर्शनीमार्गको यलम्बर पार्टी प्यालेसबाट सारेर पार्टीको केन्द्रीय कार्यालय सानेपा पुर्‍याइएको छ ।

कांग्रेसले तयार गरिरहेको पार्टीको संशोधित विधानमा पदाधिकारी संख्या मूल विवादका रूपमा रहँदै आएको छ । महासमतिको उद्घाटन सत्रमा सभापति र वरिष्ठ नेता दुवैले हात उठाएर सहमतिमा नै अघि बढ्ने संकेत गरेका थिए ।

तर, हात मिलाउँदा नै एक अर्कामा सशंकित भएका शीर्ष नेताहरू बाध्यतामा हात मिलाएजस्तो गरे पनि विधानमा मन मिलाउन सकेका छैनन् ।

कांग्रेसभित्रको संस्थापन पक्षका दोस्रो तहका नेताहरूले मंगलबार राति भएको शीर्ष तहको सहमति नमान्ने बताएपछि विधानमा सहमतिमा पुग्न नेताहरूलाई झनै असहज हुँदै आएको हो ।

केन्द्रीय समिति बैठकमा शीर्ष तहमा भएको सहमति नमान्ने आवाज सभापति शेरबहादुर देउवानिकट समूहका दोस्रो तहका नेताहरूबाटै उठेपछि नेताहरू झनै अप्ठ्यारोमा परेका छन् । जसका कारण विधान नआउँदा जारी महासमिति नै अड्किएको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij