माधव नेपालको स्पष्टीकरण : सरकारले दिएको जिम्मेवारी पुरा गरेको हुँ

माधव नेपालको स्पष्टीकरण : सरकारले दिएको जिम्मेवारी पुरा गरेको हुँ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले एसिया प्यासिफिक समिटबारे आफ्नो स्पष्टीकरण दिएका छन् ।

नेकपाको जारी स्थायी समिति बैठकमा उनले स्पष्टीकरण दिएका हुन् ।

पूर्व प्रधानमन्त्रीहरुले पनि पहिले सम्मान लिएको बताउँदै उनले यसपटक मात्रै आलोचना बढेको बताएका छन् ।

आफूले जिम्मेवारी निर्वाह गरेको बताउँदै उनले आगामी दिनमा सुधार्ने वा कार्यक्रम नगर्ने बारे सोच्न आग्रह गरे ।

फिलिपिन्सबाट आइक्यापका प्रमुख समिटअघि आउँदा सबैले कार्यक्रमममा सहमति जनाएको माधव नेतालको तर्क थियो ।

उनले पार्टी र सरकारले दिएको जिम्मेवारी मात्रै निर्वाह गरेको जनाउँदै आफ्नो बचाउ गरेका थिए । नेता नेपालले समिट नेपालमै हुनुमा विगतदेखिको पृष्ठभूमि खुलाएका थिए ।

स्थायी समिति बैठकमा बिहान जवाफ दिन समय अभाव भएका कारण अपराह्न ४ बजे बैठक पुन बस्ने भएको छ ।

४ बजे बस्ने बैठकमा अध्यक्षद्वयले बैठकमा उठेका विषयबारे स्पष्टीकरण दिनेछन् ।

प्रकाशित मिति : आइतबार, पुष ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij